site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियल फर्किन चाहन्छु : लुनिन
Sarbottam CementSarbottam Cement

एजेन्सी । युवा गोलरक्षक आन्द्रे लुनिनले आफू स्पेनिस क्लब रियल मड्रिड फर्किन चाहेको बताएका छन् । २१ वर्षीय लुनिनले रियल फर्किएर एक नम्बर जर्सी लगाउन चाहेको बताएका छन् । 

१९ वर्षको हुँदा लुनिन सन् २०१८ मा युक्रेनको क्लब जोरिया लुहान्स्कबाट रियल पुगेका थिए । तर, उनले क्लबका लागि डेब्यु गर्न लामो समय पर्खेका छन् । उनी अझै पनि आफ्नो प्रदर्शन देखाउन अवसरको खोजीमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी सन् २०१८–१९ को सिजनमा लोनमा लेगानेस पुगेका थिए । लेगानेसमा उनले ला लिगाको मात्र ५ खेल खेल्ने अवसर पाए । त्यसपछि यस सिजनको आरम्भमा पुनः लोनमा भाल्लाडोलिड पुगेका उनी हाल लोनमा नै ओभिडोमा छन् । 

“म रियल फर्किन चाहन्छु र १ नम्बर जर्सीका लागि प्रतिस्पर्धा गर्न चाहन्छु,” लुनिनले भने, “म प्रशिक्षक जिनेदिन जिदानको निर्णयको पर्खाइमा छु । जिदान के सोच्ने छन् । मलाई आशा कि जिदानले सही निर्णय लिनेछन्,” उनले थपे, “म रियल र युक्रेन दुवैबाट उपाधि जित्न चाहन्छु । तर, त्यो सपना मात्र बनेको छ । जसका लागि म कडा मिहिनेत गर्नेछु ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC