site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकन आइडलको मञ्चमै दिवेशलाई भनियो– तिमी उदाउँदो तारा हौ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकप्रिय सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेललाई निर्णायकले उदाउँदो ताराको संज्ञा दिएका छन् । 

शीर्ष २० मा पुग्न सफल दिवेशलाई आगामी यात्राको सुभकामना दिँदै निर्णायक मध्येका एक लिओनेल रिचीले उनलाई उदाउँदो ताराको संज्ञा दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रिचीले यसअघिको दिवेशको प्रस्तुतीमा आँशु थाम्न सकेका थिएनन् । 

दिवेसको स्वभाव र गायन कला आफूहरुलाई अत्यन्तै मन परेको भन्दै निर्णायकले पुनः उनको तारिफ गरेका छन् । 

Global Ime bank

दिवेश अमेरिकन आइडलको शीर्ष २० छनोट भएका छन् । निर्णायकले दिवेशलाई शीर्ष २० मा छनोट गर्न आफूहरुलाई कठिन नभएको पनि बताएका छन् । 

स्टेज र युट्युबमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिँदै आएका दिवेशले केही गीत सार्वजनिक गरिसकेका छन् । 

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येक एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC