साहित्य
काठमाडौं । बलिउड गायिका कनिका कपुरलाई छैटौं पटक गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । पाचौँ पटकसम्मको परीक्षण लगातार पोजेटिभ देखिएको थियो ।
छैटौं परिक्षण नेगेटिभ देखिए पनि उनलाई अझै अस्पताल नै राखिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । लगातार दुईपटकको परीक्षण नेगेटिभ देखाएपछि मात्रै अस्पतालले डिस्चार्ज गर्छ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ ।
मार्च ९ मा बेलायतबाट फर्किएकी कपुरलाई कोरोना संक्रमण देखिएको थियो । उनले आफ्नो यात्राको विषयमा जानकारी नदिइ पाटी दिएको भन्दै उनको आलोचना भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६ ०७:४७
प्रतिक्रिया दिनुहोस्