site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिक पुगेको छ । सोमबार बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा ६९ हजार ४१८ जनाको ज्यान गएको छ । 

९ लाख ४१ हजार ८४३ जनाको जनाको अहिले पनि उपचार भइरहेको छ । ४५ हजार ६१९ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ९६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइसको संक्रमण भएर उपचारका लागि अस्पताल पुगेका मध्ये २ लाख ६१ हजार ४८५ संक्रमित स्वस्थ्य भएर घर फर्किसकेका छन् ।  

सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ जनाको कोरोनाका कारण ज्यान गएको छ । स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६१०, फ्रान्समा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ । 

Global Ime bank

अहिलेसम्म विश्वका १२ लाख ७२ हजार ७३७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । 

नेपालमा अहिलेसम्म ९ जनामा यो संक्रमण देखिसकेको छ । आठजना उपचाररत छन् र उनीहरुको अवस्था सामान्य रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकजना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । थप संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC