site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कांग्रेस नेता हेमराज ओझाद्वारा कञ्‍चनपुरका विभिन्‍न स्वास्थ्य संस्थामा पीपीई सहयोग
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । नेपाली कांग्रेस कञ्‍चनपुरका महासमिति सदस्य हेमराज ओझाले कञ्‍चनपुरका विभिन्‍न नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेका छन् । 

नोभेल कोरोना भाइरसको महामारी बढिरहेको बेला चिकित्सकहरुलाई सरकारले अत्यावश्यक सुरक्षा उपकरणसमेत उपलब्ध नगराएको भन्‍दै आलोचना भइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ओझाले कञ्‍चनपुरका विभिन्‍न नगरपालिकास्थित स्वास्थ्य संस्थामा पीपीई, मास्क, स्यानिटाइजरलगायतका सामग्री उपलब्ध गराएका हुन् । 
 
नेपाल सरकारद्वारा मान्यता प्राप्त पीपीई उत्पादन संस्थाबाट बनाइएका करिब ५० थान पीपीई उपलब्ध गराइएका छन् । कोभिड-१९ जस्तो महामारीको संकटको पछिल्लो इपिसेन्टर सुदुरपश्चिम बन्‍ने खतरा बढेकोले अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी सुरक्षित रहनुपर्ने भएकोले आफूले पीपीईलगायका सामग्री उपलब्ध गराएको ओझाले बताए । कृष्णपुर नगरपालिकाका मेयरका उमेदवारसमेत रहेका ओझाले भने, "अहिलेको विषयम परिस्थितिमा सबभन्दा ठूलो चुनौती भनेको स्वास्थ्यकर्मीको सुरक्षा हो । स्वास्थ्यकर्मी सुरक्षित हुनसकेमा मात्रै बिरामी र संक्रमितहरु सुरक्षति हुनसक्छौं ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालमार्फत कृष्णपुर स्वास्थ्यचौकीमा ११ थान पीपीईसहित अन्य सामग्री, शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरमार्फत सात थान, बेदकोट नगरपालिकाका मेयर अशोक चन्दमार्फत सात थान,  कृष्णपुर-७ मा रहेको रैकवारविचुवा स्वास्थ्यचौकीका लागि ६ थान, रैकवारविचुवा रेडक्रसका लागि चार थान, वाणी रेडक्रसका लागि दुई थान, देखतभुली स्वास्थ्यचौकीमा तीन थान, लालझाडी गाउँपालिकामा तीन थान थान, कृष्णपुर वडा नम्बर १ मा तीन थान, वाणी रेडक्रसका एम्बुलेन्स चालक विरसिंह रावललाई एक थान पीपीई हस्तान्तरण गरिएको हो । 

यससँगै इलाका प्रहरी गुलरिया, वाणी र रैकवार विचुवामा सरसफाइका सामग्रहीहरु उपलब्ध गराइएको छ । उनले यसअघि केही विपन्‍न स्थानीयलाई खाद्यान्ह सामग्री उपलब्ध गराएका थिए भने त्यसअघि स्थानीयलाई मास्क, विभिन्‍न ठाउँमा हात धुने व्यवस्थाका लागि आवश्यक सामग्री सहयोग गरेका थिए । 

Global Ime bank

Image may contain: one or more people, people sitting and table

Image may contain: one or more people, people standing and people sitting

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC