site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ ।

केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६ पारित गरेको महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।

‘शनिबारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्कअनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार ‘अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’

Prabhu Bank
Agni Group
NIC Asia

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा  विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उनले जानकारी दिए। त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई  वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उनको भनाइ थियो ।  

Global Ime bank

वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तिव्रता दिएका छन् । वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले वाग्मती कलेज सुकेधारालाई २७ शय्याको क्वारेन्टाइन बनाएको जानकारी दिए । उक्त वडाले करिब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ ।

अध्यक्ष विष्टका अनुसार आइतबार मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाले ६ स्थानबाट राहत वितरण गर्दै आएको छ । वडा १० ले पनि एक हजारभन्दा बढीलाई राहत वितरण गरेको जानकारी दिएको छ । वडा १८ ले १२ सयभन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करिब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।

त्यसैगरी वडा ५ ले ९ सयभन्दा बढी र वडा ११ ले ६ सयभन्दा बढीलाई राहत वितरण गरेको छ । वडा १४ ले पनि ७ सयभन्दा बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कुल र भ्याली भ्यु स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । आलोकनगरमा ३० परिवार र देउराली क्लबबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिए ।

वडा १३ को राहत वितरण कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य अनुगमनका लागि पुगेका थिए । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी भएका थिए ।

त्यस्तै, कालीमाटी तरकारी बजार भएको क्षेत्र वडा नं १४ ले  वडामा एकै दिन २ सय ५० जनाभन्दा बढीलाई राहत वितरण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि आइतबारसम्म ६ सयलाई राहत वितरण गरेको बताए । प्रवक्ता डंगोले करिब १३ सयको विवरण संकलन गरेको जानकारी दिए ।  

मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ । राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचूडामणि वज्राजार्यले जानकारी दिए । वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले नै  गरेका थिए । सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ ।

त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।

वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए । काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकाले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाइ छ । 

राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत दिएको उनले जानकारी दिए । सामाजिक दूरी कायम गरेर  आजसम्म ५ सय ६० ले राहत पाएको उनले बताए १  अन्य वडाले पनि राहत वितरणको कार्यक्रमलाई तिव्रता दिएको  महानगरले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC