site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राहत सामाग्री वितरण
Ghorahi CementGhorahi Cement

भक्तपुर । वर्तमान बन्दाबन्दी (लकडाउन) को असहज अवस्थाका कारण अप्ठेरो परिस्थितिमा रहेका मानिसहरूलाई राधा माधव समिति– नेपाल, यसै समितिसँग आबद्ध विद्वत् समाज नेपाल तथा डिभाइन युथ क्लब नेपालको पहलमा राहत सामग्री वितरण गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि घोषित लकडाउनले दैनिक ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेका, चांगुनारायण न.पा. वडा नम्बर ७ को जंगलमा अलपत्र २० जना र वडा नम्बर ८ का अन्य २० जना बेरोजगारसमेत ४० जना मजदुरलाई चामल, दाल, चना, तेल, नुन, सावुनलगायतका खाद्य तथा दैनिक आवश्यकताका सामग्री वितरण गरियो । 

Agni Group

उक्त अवसरमा डिवाइन नेपालका पदाधिकारीहरूद्वारा जंगलमा प्लास्टिकको ओतमा आश्रय लिइरहेका व्यक्तिहरूलाई कोरोना संक्रमणबाट जोगिन आवश्यक सतर्कताबारे सजग गराउने काम गरिएको थियो ।

यसै क्रममा शारीरिक दूरी कायम गर्ने, आपसी सद्भाव बढाउने व्यक्तिगत सरसफाई र आहार बिहारमा ध्यान दिने, हरिनाम संकीर्तन एवम् श्रद्धा अनुकुल इष्ट भगवान्को स्मरण गर्ने लगायतका जीवनशैली अपनाउन आग्रह गरिएको थियो । 

Global Ime bank

यसैबीच राधा माधव समिति (नेपाल) अन्तर्गतको साधना केन्द्र बुटवल, विद्वत् समाज नेपाल वुटवल ईकाई र डिभाइन युथ क्लब नेपाल बुटवल इकाइको पहलमा क्वारेन्टाइनमा राखिएका २९४ मानिसलाई लक्षित गरी खाद्य तथा दैनिक आवश्यकताका सामग्री समेत वितरण गरियो । त्यस्तै अलपत्र परेका १५६ भारतीय नागरिक रहेको सुनौलीस्थित निमा स्मृति प्रतिष्ठान र ३८ नेपाली रहेको भैरहवास्थित सैनिक तालिम केन्द्रमा आयोजित अलग अलग राहत सामग्री वितरण गरिएको थियो । 

मुलुकमा कोरोनाको त्रास सुरु भएयता लकडाउन आरम्भ हुनु अघिसम्म समिति र सम्बद्ध संस्थाहरूद्वारा विद्यालय, मठमन्दिर लगायत देशका विभिन्न भागका विशेष संचेतना कार्यक्रम सञ्चालन गरिएको समितिका प्रेस संयोजक मुकुन्द अर्यालद्वारा प्रेशित विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC