site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यको हकको सुनिश्चित गर्न आयोगको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले  कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । 

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न सरकार, स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्य संस्थाहरुलाई विशेष आग्रह गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालकलगायत सुरक्षाकर्मीलाई आवश्यकताअनुरुप व्यक्ति सुरक्षा कवचको उपलब्धता र उनीहरुबाट हुने नियमित सेवा प्रवाहमा आयोगले विश्वस्त हुन चाहेको जनाएको छ । विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौं उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायत अस्पतालले बहिरंग सेवा बन्द गरी बिरामीलाई फर्काएको, बिरामीले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले वा स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिएको जस्ता समाचारहरुप्रति पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक रोगजस्ता रोगहरुबाट पीडितहरुको उपचार तथा औषधिको अपर्याप्तताका कारण बिरामीमा समस्या उत्पन्न हुन थालेको आयोगमा प्राप्त उजुरी तथा अनुगमनबाट पाइएको जनाएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC