site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खरिपाटी क्‍वारेन्टाइनमा बस्नेलाई कोरोना संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्कलगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा बसेकाहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्‍वारेन्टाइमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरे । सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरूलाई भक्तपुरको खरिपार्टीस्थित क्‍वारेन्टाईनमा राखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौंबाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा पनि परीक्षण भइरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेस्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए । काठमाडौंमा १२ जना र बाहिर १ सय १ गरी १ सय १३ जना आइसोलेनमा रहेको पनि उनले जानकारी दिए । 

मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरू ८ हजार ९७ पुगेका छन् । आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ विवरण रेड जोनमा परेको उनले जानकारी दिए । योसँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

Global Ime bank

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाइनमा रहेका सबैको तथा चैतमा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेस्टबाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुनः पीसीआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशनअनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबारै टोली पठाउने निर्णय भएको जानकारी दिए ।

क्‍वारेन्टाइनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्डअनुसार हुनुपर्ने र सो भए/नभएको अनुगमन भइरहेको पनि उनले स्पष्ट पारे । उनले अझै पनि बिरामीहरूले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै आकस्मिक सेवा अनिवार्य रूपमा दिन सबै अस्पतालहरूलाई पुनः सचेत गराए । 

उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था सिर्जना नगर्न पनि उनले आग्रह गरे । उनले बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरू क्‍वारेन्टाइनमा अनिवार्य बस्‍नुपर्ने विषयलाई गम्भीर रूपमा पालना गरी परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्‍न आग्रहसमेत गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC