site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट कोहलीको एकदिवसीय शीर्ष स्थान खोस्न सक्ने तीन खेलाडी
Sarbottam CementSarbottam Cement

एजेन्सी । एकदिवसीय क्रिकेट वरियताको शीर्ष स्थानमा विराट कोहलीको स्थान कायमै छ । पछिल्लो केही समय यता उनको लय देखिको छैन ।

कोरोना भाइरसका कारण विश्व नै ठप्पप्रायः छ । खेलाडीहरू पनि आफ्नो घरको बन्द कोठामा छन् ।

केही क्रिकेट खेलाडी पछिल्लो समय एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जसको असर विराट कोहलीलाई पर्ने देखिन्छ । कोहलीले न्युजल्यान्डविरुद्धको सिरिजमा खासै खेल्न सकेनन् । त्यसपछि घरेलु मैदानमा तय भएको दक्षिण अफ्रिकाविरुद्धको सिरिज भने स्थगित हुन पुग्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व क्रिकेटमा कैयौ यस्ता ब्याट्सम्यान छन् जसको एकदिवसीय प्रदर्शन उत्कृष्ट चलिरहेको छ । जसले लकडाउनपछि मैदानमा उत्रिदै एकदिवसीय वरियताको शीर्ष स्थान विराट कोहलीबाट खोस्न सक्नेछन् । 

३.रोस टेलर

Global Ime bank

न्युजिल्यान्डका खेलाडी रोस टेलरले हालैमात्र भारतसवरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एकदिवसीय वरियताको चौथो स्थानमा रहेका उनी कुल ८२८ रेङ्किङ प्वाइन्ट छ । यता विराटको भने ८६९ प्वाइन्ट रहेको छ । यसैले यो अनुमान गर्न सकिन्छ कि यदि टेलर यही लयमा रहे कोहलीलाई शीर्ष वरियताबाट तल झार्न सक्नेछन् । 

दुई सिरिज टेलरले उत्कृष्ट खेलेका थिए । कोहलीको भने प्रदर्शन राम्रो रहन सकेन । त्यसैले कोहलीलाई शीर्ष स्थानको एकदिवसीय वरियता जोगाउन टेलरबाट खतरा छ । 

२. बाबर आजम

पाकिस्तानी खेलाडी बाबर आजमले पछिल्लो समय एकदिवसी क्रिकेटमा निकै प्रभाव जमाएका छन् । पछिल्लो खेलमा उनले एकदिवसीय मात्र नभई टी–ट्वान्टीमा पनि निकै प्रभाव जमाएका छन् । एकदिवसीय क्रिकेटमा यस समय बाबर पाकिस्तानका सर्वश्रेष्ठ खेलाडी हुन् । 

एकदिवसीय वरियताको तेस्रो स्थानमा रहेका बाबरको प्वाइन्ट ८२९ रहेको छ । उनको तुलना कैयौ पटक विराट कोहलीसँग समेत गरिएको थियो । केही खेलमा उत्कृष्ट प्रदर्शन गर्न सके उनी भारतीय कप्तान कोहलीको शीर्ष स्थान आफ्ना नाममा गर्न सक्छन् । बाबरमा त्यो क्षमता छ । 

१. रोहित शर्मा 

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मा पछिल्लो समय निकै चर्चामा रहे । उनी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा रहेका थिए । विराट कोहलीलाई एकदिवसीय वरियताको शीर्ष स्थानबाट झार्न सबैभन्दा नजिक रोहित छन् । रोहितको लय पनि विराटभन्दा उत्कृष्ट रहेको छ ।

खास विषय यो छ कि कुनै पनि सिरिजमा रोहितको दुई पारी निकै उत्कृष्ट रहने गरेको छ । एकदिवसीय क्रिकेटमा तीन दोहोरो शतक जोडी सकेका रोहित ८५५ प्वाइन्ट सहित दोस्रो स्थानमा छन् । उनी कोहली भन्दा मात्र १४ अंकले पछि छन् । शीर्ष स्थानमा आउन सबैभन्दा पहिले रोशितसँग अवसर छ । यसका लागि रोहिले आफ्नो लयलाई जोगाई राख्नु पर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC