site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल–भारत मानव विकास एवं मैत्री संघद्वारा पीपीई सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल–भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग गरेको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पीपीर्ई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगी कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) मन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले संघलाई धन्यवाद दिए । उनले विपतको समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान पनि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्त्वपूर्ण स्वास्थ्य सामग्री पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशाला विस्तार गरी प्रदेश प्रदेशमा पुर्याएको र अझै पनि आवश्यक सामग्रीहरू पुर्याउने क्रममा रहेको उल्लेख गर्दै संकटका बेला हिलो छ्याप्ने काम छोडी महामारीविरुद्ध हातेमालो गर्न सबैलाई आह्वान गरे । 

उनले भने, “अभावै अभावले छटपटिराखेका बेलामा सातवटै प्रदेशमा सामग्री पुर्याइएको छ । हाम्रा आग्रह पूर्वाग्रह, हिलो छ्याप्ने कुराभन्दा माथि उठेर यो महामारीविरुद्ध हातेमालो गरेर सबैलाई एकसाथ लड्न म हार्दिक आह्वान गर्न चाहन्छु ।” पीपीई सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्कलगायत सामान छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC