site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कोरोनाभाइरस (कोभिड–१९) को महामारीको सामना गर्न बन्दाबन्दी (लक डाउन)को घोषणाबाहेक सरकारले अरू खासै केही गरेको देखिएन भने जनताले पनि गम्भीरतापूर्वक लिएनन् । सजग व्यक्तिहरूले आफू जोगिन सावधानी देखाए पनि धेरैले बन्दाबन्दीलाई पनि ‘कर्मकाण्डी’ औपचारिकतामा सीमित बनाए । तैपनि, निस्क्रिय नै सही बन्दाबन्दीले संक्रमण तीव्र हुनबाट जोगाएको हुनसक्छ । संघले सधैँजस्तै बन्दाबन्दीको अवधि सकिन लाग्दासम्म पनि थप्ने न नथप्ने बारे कुनै निर्णय गरेको छैेन । सरकारले एउटा स्थानीय तहबाट अर्कोमा आवतजावत गर्न रोक लगाउने निर्णयमात्र गरेको छ । परन्तु, कोभिड –१९को दोस्रो चरणको संक्रमण अर्थात् नेपालभित्रै रहेका व्यक्तिबाट पनि सर्न थालेको सुदूरपश्चिम सरकारले भने बन्दाबन्दीको अवधि बढाउन संघलाई अनुरोध गरेको छ । परन्तु, अहिलेको जस्तो  झारा टार्ने बन्दाबन्दी संक्रमण नियन्त्रणको प्रभावकारी उपाय हुनसक्तैन ।

बन्दाबन्दीको अवधिमा कोरोना संक्रमण फैलन नदिन गर्नुपर्ने व्यापक परीक्षण तथा संक्रमितलाई समुदायबाट अलग्ग्याउने कार्यमा सरकारले खासै ध्यान दिएन । स्थानीय तहको कार्यशैली पनि पुरानै ‘उजुरीमा कारबाही’ गर्न आदेश दिने प्रकारको रह्यो । बन्दाबन्दीका समयमा केन्द्र सरकारले ‘नालायकी’ र ‘भ्राटाचार’को भद्दा प्रहसन देखायो । आवश्यक चिकित्सा सामग्री र उपकरण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यपारीलाइ पोस्नेगरी भएको निर्णय व्यापक जनविरोधपछि खारेज त भयो तर अहिलेसम्म त्यसपछि के भन्ने स्पष्ट भएन । एकातिर स्वास्थ्य मन्त्रालयले नै बोलपत्र आह्वान गरेको छ भने अर्कोतिर सरकारले दुई सरकारबीच वार्ता गरेर सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको समाचार सार्वजनिक भएको छ । अर्थात्, अझै पनि सरकार पर्याप्त गम्भीर र इमानदार दुवै हुननसकेको देखिएको छ । यस्तै हो भने लकडाउनको अवधि बढाउनुको मात्र कुनै अर्थ रहनेछैन । 

Agni Group

निस्क्रिय बन्दाबन्दीमात्रै कोभिड–१९ को संक्रमण रोक्ने ‘रामवाण’ हुनसक्तैन । बन्दाबन्दीसँगै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान र निगरानी तथा सम्भव भएसम्म धेरैभन्दा धेरैको परीक्षण गर्नुपर्छ । अनिमात्र संक्रमणको शृंखला टुट्छ । तर, सरकारले त्यस्तो केही तयारी गरेको देखिँदैन । उल्टै बन्दाबन्दीको अनिश्चितताका कारण व्यापकरूपमा मानिसहरूको आवतजावत बढ्यो । सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुँदा भिडसँगै भाइरसको संक्रमणको जोखिम पनि तीव्ररूपमा बढेको छ । विशेषगरी सहरी क्षेत्रबाट हतारमा फर्केको समूहले देशको कुनाकुनामा भाइरस पुर्याएको हुनसक्छ । यस्तो भाइरसको लक्षण तत्कालै नदेखिएर केही समयपछि देखिन सक्छ । यसैले बन्दाबन्दीले संक्रमण कति रोक्यो र कति फैलायो भन्ने विषयमा विज्ञहरूले गम्भीर अध्ययन गर्नु जरुरी छ । भारतको बन्दाबन्दी ठूला सहरका श्रमजीवी वर्गविरुद्ध लक्षितजस्तो देखियो । नेपाल पनि अपवाद हुनसकेको छैन । सरकारले आरम्भमा कोभिड–१९ को संक्रमणको जोखिमलाई नै स्वीकार गरेन । जोखिम स्वीकार गरेपछि पनि केही नगरी अकर्मण्य रह्यो । त्यसपछि उठाउनुपर्ने कदम चाल्न ढिलासुस्ती गर्यो । यही प्रवृत्ति दोहोर्‍याउने हो भने बन्दाबन्दीको अवधि बढाएर अर्थतन्त्रलाई थला पार्ने काममात्र गर्नु बुद्धिमानी हुँदैन ।

बन्दाबन्दीले सहरमा बस्ने सम्पन्न वर्गलाई खासै मर्का पर्दैन । पहुँच हुनेहरूको आवागमनमा पनि बाधा हुँदैन । तर दिनहुँ ज्यालामजुरी गरेर गुजारा चलाउने वर्गलाई भने थला नै पार्छ । निर्णयकर्ताले भने यो सत्तामा पहुँच नभएको बहुसंख्यक वर्गलाई लक्षित गरेर नीति बनाउँदैनन् । यसैले सरकारहरूका अधिकांश नीति विफल हुन्छन् नभए पनि बहुसंख्यक नागरिकका लागि लाभदायी हुँदैनन् । नेपालमा अहिले भएको पनि यही हो । यसैले बन्दाबन्दीको अवधि र मात्रा बढाउनुको साटो वैयक्तिक सुरक्षामा जोड दिँदै उद्योग, व्यापार र व्यवसाय खोल्ने वातावरण मिलाउनु बढी बुद्धिमानी हुने देखिन्छ । सार्वजनिक यातायातलाई बढी व्यवस्थित र सुरक्षित बनाउने बेला पनि यही हो । अरूले मुलुकले के गरे वा कसरी गरे भन्नेबाट सिक्नु त पर्छ तर सिको नै गर्नुपर्छ भन्नु बुद्धिमानी हुँदैन । अधिकांश किसानको बाली लगाउने बोला र श्रमजीवीको कमाउने मौका भएकाले बन्दाबन्दी भन्दा पनि तिनको बन्दोबस्तमा ध्यान दिनु उचित हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC