site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कैलालीका संक्रमित युवासँगै आउने १० जनाकाे पहिचान
Sarbottam CementSarbottam Cement

दाङ । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवा भेटिएका छन् ।

संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का ६ जना युवा रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घोराही–४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षका एक जना, २९ वर्षका एक जना र साविक सोनपुर–२ का १९ वर्षका एक जना युवा भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन् । 

यसैगरी भारतको चेन्नईबाट आएका लमही–५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ । त्यस्तै राजपुर गाँउपालिका–८ का १९ र २६ वर्षका दुई जना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ ।  

Global Ime bank

कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले संक्रमित युवासँगै आउने १० जनाको पहिचान भइसकेको र अहिले स्थानीय तहसँग सहकार्य गरेर उनीहरुको खोजी गर्न प्रहरी परीचालन भइसकेको जानकारी दिए ।

 उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात् सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC