site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
प्रमाणित नभएको रिपोर्टका आधारमा बिरालो नमार्नूस् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । हङकङ र बेलायतका विज्ञहरुले प्रमाणित नभएको वैज्ञानिक रिपोर्टका आधारमा बिरालो मालिकलाई आफ्नो घरपालुवा नमार्न आग्रह गरेका छन् । विज्ञहरुले बिरालो प्रजातिबाट कोभिड-१९ को संक्रमण भएको हुनसक्‍ने सुझाव दिएका छन् । 

चिनियाँ सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरुले कुखुराबाट बर्ड फ्लु सरे जस्तै मुलुकमा कोरोनाको जोखिम कम गर्नका लागि खुला छाडिएका बिराला नष्ट गर्नेसम्बन्धी पोष्टहरु सार्वजनिक भएपछि वान हेल्थस्थित हङकङ सिटी अस्पतालको स्कल अफ भेटेरिनरी मेडिसिनका प्रमुख प्रोफेसर डिर्क फेफेरले बिरालो नमार्न अपिल गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नोभेल कोरोना भाइरसको उद्‌गम थलो चीनको वुहानमा १५ प्रतिशत बिराला, अन्य घरपालुवा, घरबाहिर छोडिएका बिरालाको रगतमा रोगजन्य एन्टिबडी भएको भन्‍ने अध्ययन शुक्रबार प्रकाशित भएपछि यसका लागि कठोर समाधानको प्रस्ताव गरिएको थियो । 

त्यसैगरी गत साता प्रकाशित एक अध्ययनले पनि बिरालो प्रजातिबाट संक्रमण फैलिएको हुनसक्ने बताएको थियो । चिनियाँ सामाजिक सञ्‍जाल बिबोमा यस्तो बिरालो मार्ने प्रस्ताव आउन थालेपछि अनुसन्धानकर्ताहरुले बिरालोबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको कुनै पुष्टि गर्ने आधार नभएको बताएका हुन् । 

Global Ime bank

प्रोफेसर फेफेरले एक अध्ययन र अर्को अध्ययनको तुलना, यथेष्ट प्रमाण र समीक्षाबिना स्वनियन्त्रित प्रक्रियाबाट निष्कर्ष निकालेर बिरालो मार्न नहुने बताएका छन् । उनले भने, "बिरालो मालिकहरुलाई यस्ता अपूर्ण र गलत निष्कर्षको पछि नलाग्‍न आग्रह गर्दछौं ।" 

उनले अहिलेसम्म कुनै पनि व्यक्तिलाई बिरालोबाट कोरोना संक्रमण नभएको दाबी गरेका छन् । उक्त अध्ययनहरुको पिर-रिभ्यू नहुन्‍जेलसम्म धेरै प्रश्‍नहरु अनुत्तरित रहेको उनले बताएका छन् । 

वुहानको हुआजोङ कृषि विश्‍वविद्यालय र वुहान भाइलोजी इन्स्टिच्युटको गरेको संयुक्त अध्ययनअनुसार १०२ बिरालोमध्ये १५ वटा बिरालोको रगतमा एन्टिबडी पाइएको निष्कर्ष निकालिएको थियो । 

एन्टीबडी भएका तीनवटा बिरालोहरुमा पनि कोभिड-१९ को संक्रमण भएको पाइएको थियो । - साउथ चाइना मर्निङ पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC