site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मैदानमा चोटपछि ज्यान गुमाएका तीन क्रिकेट खेलाडी
Sarbottam CementSarbottam Cement

एजेन्सी । खेलमा हुने हार–जितले खेलाडी र समर्थकबीचको सम्बन्धलाई बाँधिरहेको हुन्छ । 

हरेक टोली र दर्शकलाई एक प्रतियोगितापछि अर्को प्रतियोगिता र एक सिरिजपछि अर्को सिरिज जित्ने आशा हुन्छ । कैयौंपटक नकआउट प्रतियोगितामा पराजित हुने टोलीका सदस्य मैदानमा भावुक भएका दृश्य देखिँदै आएका छन् । तर, कुनै समय यस्तो आउँछ कि दुवै टोलीका सदस्य भावुक बन्न पुग्छन् । 

क्रिकेटमा यस्तो अवस्था धेरै सिर्जना भएको पाइन्छ । जब खेलाडी मैदानमा खेलिरहेको हुन्छ, तब दर्शकले मनोरञ्जन लिइरहेका हुन् । उनीहरूले यो सोचेका हुँदैनन् कि खेलाडीको यो अन्तिम खेल हुनेछ । उसका लागि जीवनको यो अन्तिम क्षण हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता धेरै खेलाडी छन् जसले मैदानमा चौट बोक्दै आफ्नो ज्यानै गुमउनुपरेको छ । मैदानमा चोट बोक्दै ज्यान गुमाउने तीन खेलाडीबारे चर्चा गरौं ।

वसिम राजा
पाकिस्तानी क्रिकेटर वसिम राजाले आफ्नो ज्यान मैदानमा खेल्दा खेल्दै गुमाएका थिए । उनले पाकिस्तानका लागि सन् १९७०–८० को दशकमा खेलेका थिए । उनले ५७ टेस्ट खेलमा २ हजार ८ सय भन्दा बढी रन जोडेका थिए । उनी ५० ओभरको खेल खेल्ने समय मैदानमा बेहोस् भए । त्यसपछि उनको मैदानमै निधन भएको थियो । उनकी पत्नी पनि क्रिकेट खेलाडी नै हुन् ।

Global Ime bank

रमन लाम्बा
रमन लाम्बा भारतीय खेलाडी हुन् । दिल्लीबाट खेल्ने रमन एक क्लब खेलका लागि बंगलादेशको ढाका पुगेका थिए । उक्त खेलमा रमनले फरवार्ड सट लेगमा खेल्ने बेला बल टाउकोमा लागेको थियो । त्यसपछि तीन दिन कोमामा रहेका उनले ज्यान गुमाएका थिए । 

उनको मृत्यु सन् १९९८ मा भएको हो । यसबेला उनी मात्र ३८ वर्षका थिए । उनले भारतका लागि ३२ एकदिवसीय र चार टेस्ट खेल खेलेका थिए । प्रथम श्रेणी खेलमा उनको नाममा ८ हजार रन छन् । 

फिल ह्युज
अस्ट्रेलियन क्रिकेट खेलाडी फिल ह्युजको असामयिक निधनले विश्व क्रिकेटजगत् नै शोकमा डुबेको थियो । उनी सेफिल्ड सिल्डसँगको खेलमा न्यु साउथवेल्सका लागि खेल्ने क्रममा घाइते बनेका थिए । सनी एबोटको बाउन्सर बल ह्युजको टाउकोमा लागेको थियो । 

उनलाई बचाउने भरपूर प्रयास गरे पनि बल टाउकोमा लागेका रकाण मस्तिस्कमा रगत जमेको थियो । त्यही चोटकै कारण उनले दुई दिनपछि सिड्नीको एक अस्पतालमा ज्यान गुमाए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC