site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमा डीआईजी दरबन्दी कटौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को संख्या २६ बाट घटाएर १९ पु¥याइने भएको छ । गृह मन्त्रालयले दरबन्दी घटाउने आवश्यक गृहकार्य गरिसकेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृहले डीआईजीको दरबन्दी घटाउन थालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल नेपाल प्रहरीमा २६ जनपद र ८ प्राविधिक गरी ३४ डीआईजीको दरबन्दी छ । जनपदतर्फ १९ जनामात्रै डीआईजी रहनेछन् । हाल ४ डीआईजी कायम रहेकाले अब १५ जनाको मात्रै एसएसपीबाट डीआईजीमा बढुवा हुनेछ । अहिले सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् । त्यसैले अब १५ जनामात्रै बढुवा हुनेछ । 

डीआईजी बढुवा समयमै नहुँदा प्रहरीका महत्त्वपूर्ण विभाग र ६ प्रदेश एसएसपीको भरमा चलेका छन् । गृहका एक अधिकारीले भने, “यसको टुङ्गो लागिसकेको छ । अब मन्त्रिपरिषदबाट पारित हुन्छ । हामीले सबै प्रक्रिया पुरा गरिसकेका छौं ।” प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले भने दरबन्दी कटौतीबारे आफूलाई जानकारी नभएको बताए ।

Global Ime bank

प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी हुन्छन् भने अन्य महत्त्वपूर्ण विभागमा समेत डीआईजीले कमान्ड गर्दै आएका छन् ।

मन्त्रालयका अधिकारीका अनुसार धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाइन लागेको हो ।  

लोकसेवा आयोग र अर्थ मन्त्रालयले सहमति दिए मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि डीआईजीको दरबन्दी संख्या घटाउन र बढाउन सकिन्छ ।

अब ३४ एसएसपी मध्येबाट सरकारले तोकेअनुसार डीआईजी बढुवा हुनेछन् । डीआईजी बढुवाको लाइनमा एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल,  सहकुल थापा, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की,  राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक, प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार बीसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, शेखर कोइराला, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्रीलगायत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC