site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘जिदानको पुनरागमनले रियलमा कुनै परिवर्तन छैन’
Sarbottam CementSarbottam Cement

एजेन्सी । पूर्व आयाक्स तथा टोटनहामका स्ट्राइकर अहमद होसामले जिनेदिन जिदानको रियल फिर्तापछि क्लबमा कुनै विषय नथपिएको बताएका छन् ।

रियल छाड्नुपूर्वको प्रदर्शन हाल क्लबको नभएको भन्दै होसामले जिदानको खिल्ली उडाएका हुन् । जिदानले सन् २०१८ मा एक नाटकीय रूपमा रियल मड्रिड छाड्न पुगेका थिए । लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउँदै उनले रियलको प्रशिक्षण छाडेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि क्लबले स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुई र सान्टियागो सोलारीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । तर, दुवै प्रशिक्षक असफल भएपछि क्लबले जिदानलाई पुनः रियलमा फर्काएको हो । 

जिदान फर्केपछि रियल पछिल्लो सिजन च्याम्पियन्स लिगको प्री–क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने ला लिगाको शीर्ष तीनमा रह्यो । उनी सन् २०१९ को मार्चमा पुनः रियल फर्किएका थिए । 

Global Ime bank

जारी सिजनको च्याम्पियन्स लिगको शीर्ष १६ को पहिलो लेगमा रियल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पछि परेको छ । तर, दोस्रो लेग भने कोरोना भाइरसका कारण स्थगित हुन पुग्यो । होसाम रियलका ठूलो प्रसंशक भएको बताइएको छ । तर, जिदानको पुनरागमन असफल रहेको होसामको दाबी छ । 

“म वास्तवमा रियलको प्रसंशक हुँ । लिगमा रियल मेरो मन पर्ने क्लब हो । तर, मेरो नजरमा जिदानले क्लबमा पुनरागमन पछि कुनै थप नतिजा ल्याएका छैनन्,” होसामले भने ।
पछिल्लो वर्ष क्लबमा फर्केसँगै जिदानले रियललाई पुनः सफल बनाउने इच्छा व्यक्त गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC