site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युईएफएका अध्यक्षद्वारा च्याम्पियन्स लिगको समय सीमा तय
Ghorahi CementGhorahi Cement

एजेन्सी । यूईएफएका अध्यक्ष अलेक्सजान्डर सेफरिनले च्यामिपयन्स लिगको सम्भावित मितिको घोषणा गरेका छन् । उनले जारी सिजनको च्याम्पियसन्स लिगको फाइनल खेल अगस्ट ३ हुन सक्ने सम्भावित मितिको पुष्टि गरेका हुन् । 

यतिबेला विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका धेरै जसको खेलकुद प्रतियोगिताहरु लामो समयका लागि स्थगित भएका छन् । त्यसमा पनि युरोपियन फुटबलहरु सबैभन्दा धेरै प्रभावित भएका छन् । 

Agni Group

कयौँ ठूला लिग फुटबलहरु अनिश्चितकालका लागि स्थगित गरिएको छ भने युरो कप २०२० पनि एक वर्ष पछि सार्न बाध्य भएको छ । 

जारी सिजन जुनको अन्त्यसम्म पूरा गर्ने योजना धेरै लिगको छ । तर, महामारीले लामो समय लिए प्रतियोगिता पूनः सुरु गर्ने यो प्रयास पनि विफल हुनेछ । 

Global Ime bank

यूईएफए अध्यक्ष सेफरिनले च्याम्पियन्स लिग र युरोपा लिगबारे स्पष्ट धारणा दिने प्रयास गरेका छन् । उनले यदि अगस्टको सुरुवातसम्म प्रतियोगिताको अन्त्य नभए सबै लिग स्थगित हुन सक्ने बताएका छन् । 

“च्याम्पियन्स लिग ३ अगस्टसम्म सकिनुपर्यो । यो एक असाधारण स्थिति हो । त्यसैले हामी किक–अफ समय र मितिका लागि लचिला भएका छौँ । यदी संकट पहिले नै कम हुन्छ भने हामी प्रतियोगिता छिट्टै सुरु गर्ने छौँ,” सेफरिनले भने, “हामीसँग शीर्ष १६ का बाँकी चार खेल तथा क्वाटरफाइनल र सेमिफाइनल खेल बन्द रंगाशालामा खेलाउन सक्ने एक विकल्प छ । तर, हामी यस्तो गलत फैसाला गर्दैनौँ । किनकि हामीले खेलाडीको स्वास्थ्य र सुरक्षाको ख्याल गर्नु पर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC