site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालसुधार गृहबाट छुट्दै बालबालिका
Sarbottam CementSarbottam Cement

भक्तपुर । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् । 

कोभिड–१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका बालबन्दीलाई छोड्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न जिल्लामा रहेका बालसुधार गृहबाट धमाधम बालबन्दी छुट्न थालेका हुन् ।

भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेप नेपालद्वारा सञ्चालनमा रहेका चारवटा बालसुधार गृहबाट अदालतको आदेशपछि एक सातायता १२५ जना बालबालिका छुटेका छन् । यसमध्ये भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट मात्रै ५४ जना बालबालिका छुटेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कुल ११० जनाको क्षमता रहेको यो बालसुधार गृहमा २६४ जना बालबालिका राखिएकामा अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बालसुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिए । सानोठिमीस्थित बालसुधार गृहमा अझै कैद भुक्तान एवं थुनुवा गरी २१० जना बालबालिका रहेको उनले जानकारी दिए । 

वाग्मती प्रदेशका १३ जिल्लाका बालबालिका राख्ने भनिए पनि हाल यहाँ ४४ जिल्लासम्मका बालबालिका रहेका छन् । बसाइँसराइका कारण उपत्यकामा विभिन्न जिल्लाबाट आउने बढी भएको र उपत्यकामै अपराध भए पनि बाहिर जिल्लाका बालबालिकाको संलग्न बढी रहेकाले वाग्मती प्रदेशभन्दा बाहिर जिल्लाका बालबालिका पनि यही सुधार गृहमा राख्न थालिएको हो ।

Global Ime bank

बालसुधार गृहमा सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट, काभ्रेका बालबालिका बढी रहेका उपनिर्देशक सुवालले बताए ।

बाल सुधारगृहमा रहेकामध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दामा संलग्न रहेका, केही देहव्यापार मुद्दामा र केही कर्तव्य ज्यान, पाकेटमारा, लागुऔषध ओसारपसार, चोरी डकैटीमा संलग्न रहेको मुद्दामा आरोपित रहेका छन् । यहाँ कम्तीमा १२ वर्ष उमेरसम्मका बालबालिका रहेका थिए । 

त्यसैगरी युसेपअन्तर्गत रहेका कास्की, नेपालगञ्ज र विराटनगरमा रहेका बालसुधार गृहबाट पनि अदालतको आदेशअनुसार बालबालिका छाडिएको छ । यसमा कास्कीबाट १५ जना, विराटनगरबाट २१ जना र बाँकेबाट ३५ जना छुटेको उनले जानकारी दिए ।

उपनिर्देशक सुवालका अनुसार कास्कीमा ५० जनाको क्षमता रहे पनि अझै ६६ जना, विराटनगरमा ५० जनाको क्षमता रहे पनि अझै १४४ जना र बाँकेमा ५० जनाको क्षमता रहे पनि अझै १०७ जना बालबालिका रहेका छन् । छुटेका बालबालिकालाई आवश्यक परेको र खोजेका बेलामा हाजिर गराउने गरी हाललाई परिवारको जिम्मा लगाएर पठाइएको छ । 

त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका अनुसार अन्य बालसुधार गृहमध्ये रूपन्देहीबाट १८, डोटीबाट १७, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाएर छाडिएको छ ।
रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC