site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनले काठमाडौंमा खान पुगेन, हिँडेरै गाउँ पुग्छौँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । बर्दियाका अनिस थारु काठमाडौंमा लकडाउन सुरु भएपछि घर जान दैनिक कलंकी पुग्थे । 

दिनभर कलंकी बस्ने र गाडी नपाएपछि कोठामा फर्किने उनको दैनिकी थियो ।

Agni Group

बर्दियाको भुरीगाउँका ति युवक अनिस थारु काठमाडौंमा घर निर्माणको काममा मजदुरी गर्दै आएका छन् । उनीसँग अरु ३४ जनाको समूह बर्दिया जान दैनिक कलंकी पुग्ने गरेको भए पनि बुधबारसम्म गाडी पाउन सकेका थिएनन् ।

लकडाउनले खान–बस्न अप्ठ्यारो भए पछि उनीहरु घर जाने आशामा हरेक बेलुकी सडक छेउ पुग्छन् । गाडी नपाएपछि राति घर फर्किनु उनीहरूको दैनिकी बनेको छ । 

Global Ime bank

“बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्छौं । ठेकेदारहरु घर गइसके । हामीसँग पैसा पनि छैन । गाडी पायो भने घर गएर पैसा दिन्छौं भनेर जाने हो । नत्र डेरामा फर्किन्छौं । एक हप्तादेखि आइरहेका छौँ । गाडीनै पाईँदैन,” अनिसको दुःखेसो थियो ।

काठमाडौंमा सामान ल्याएर फर्किने मालवाहक सवारी साधनमा महंगो भाडा तिरेर गाउँ फर्किनेको लर्को अहिले पनि उस्तै छ ।

मालवाहक सवारी नपाए हिँडेरै पनि कतिपय घर फर्किरहेका छन् ।  बेलुका भएपछि काठमाडौंका नाकाबाट बाहिरिनेको लर्को देखिन्छ । कलंकीबाट मात्रै होइन भक्तपुर, काभ्रे हुँदै पूर्वतिर हिँडेर जानहरुको लर्को पनि उस्तै देखिन्छ ।

“काठमाडौंमा बस्दा खान र बस्न समस्या भयो,” भक्तपुर हुँदै काभ्रेतिर लागेका एक युवकको जवाफ थियो, “यहाँ बस्ने र खाने अवस्था नभएपछि हिँडेरै घर जान लागेका हौं । ४, ५ दिनमा त कसो नपुगिएला र !”

सिन्धुलीका विमल मगर पनि गाडीमा सहायकको काम गर्दै थिए । उनलाई पनि गाडी धनीले राख्न नसक्ने भनेपछि हिँडेरै घर जाँदै थिए ।

“म पनि दुई दिनमा त घर पुग्छु होला,” उनले भने, “गाडीमा सहायकको काम गर्दै थिएँ । कोठामा चामल पनि भएन । खान समस्या परेपछि हिँडेरै घर जान लागेको हो ।”


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC