site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्‍न संकट
Sarbottam CementSarbottam Cement

खाँदबारी । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्‍न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ ।  नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्‍न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको उनले बताए । किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भौगोलिक रुपमा निकै विकट  भोटखोलामा सञ्‍चार र यातायात साधनको पहुँच पुगेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो । 

चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्‍न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए । वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्‍न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ । खाद्यान्‍न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए ।

Global Ime bank

“हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छौं,” उनले भने ।  उनका अनुसार खाद्यान्‍न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र  चार लिटर तेल प्रदान गरिनेछ । किमाथांका लगिने खाद्यान्‍न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकारी दिए ।

भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्‍न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा, देन्दाङ बजारमा आश्रित छन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC