site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फेसबुक लाइभमा आज बालनाटक ‘दयालु रूख’
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनसँगै लम्बिएको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ को शनिबार नवौं दिन ‘दयालु रूख’ प्रदर्शन गरिँदैछ ।

यो सिलसिल्भर स्टेनले लेखेको बालकथा ‘द गिभिङ ट्री’ को नेपाली परिकल्पना हो । ‘दयालु रूख’ कथा घेराको प्रस्तुतिमा आकांक्षा कार्कीको परिकल्पना र निर्देशनमा बनेको नाटक हो । जुन दुई वर्षअघि कौशी थिएटरमा मञ्चन भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाल्यकालदेखि नै छन्द कवितासँग आकर्षित निर्देशक कार्कीले यस नाटकमा पनि कविता र संगीतको प्रयोग गरेकी छन् । दुई मुख्य पात्र, एक रूख र एक बालक बीचको सम्बन्धको वरिपरि कथा घुमेको छ । भने बाँकी ६ जना कलाकार कथालाई अघि बढाउन सहयोगीपात्रको भूमिकामा देख्न सकिन्छ ।

नाटककी निर्देशक आकांक्षा कार्कीले मानिस समयअनुसार परिवर्तन हुनुपर्ने आवश्यकताको बोध गर्दै भन्छिन्, “मलाई लाग्थ्यो नाटक भनेको प्रत्यक्ष नाटक घरमा गएरै हेर्नुपर्ने विधा हो । तर, अहिले देश संकटकालबाट गुज्रिरहेका बेला यही नै सही माध्यम भएको छ । नाटक भर्चुअली हेर्न पनि सकिँदो रहेछ ।”

Global Ime bank

यद्यपि उनले यो संकटकाल चाँडै अन्त्य भई दर्शकसँग प्रत्यक्ष नाटक घरमै भेट्न पाउन भन्ने आशा पनि व्यक्त गरिन् ।

लकडाउनको अवधिमा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा विश्व रंगमञ्च दिवस २७ मार्च (१४ चैत) बाट यस उत्सव सुरु गरेको थियो । यो महोत्सव अन्तर्गत दर्शकले हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा हेर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC