site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लकडाउनको असर कराँते र तेक्वान्दो खेलाडीमा कस्तो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको असर नेपालमा पनि धेरै परेको छ । कोरोनाको संक्रमण रोक्नका लागि नेपाल सरकारले विगत १२ दिनदेखि देशभर लक डाउनको आह्वान गरेको छ । जसअनुसार सबै मानिसहरू घरबाट बाहिर निस्केका छैनन् । लकडाउनले खेलाडीहरूलाई प्रशिक्षणमा पनि असर परेको छ ।

सबै खेलाडीले हाल घरमै सेल्फ प्रशिक्षण गरिरहेका छन् । सेल्फ प्रशिक्षण गरिरहेका खेलाडीमा कराँते र तेक्वान्दो खेलाडीलाई भने धेरै असर परेको छ । उसो त सबै खेलाडी घरमै प्रशिक्षण गरिरहेका छन् । तर, अन्यभन्दा कराँते र तेक्वान्दोका खेलाडीको पीडा भने फरक छ ।

प्रशिक्षण गर्ने ठाउँमा ठूलो आवाज गर्दै प्रशिक्षण गरेका खेलाडी अहिले घरमा त्यही स्तरको सेल्फ प्रशिक्षण गर्ने अवस्थामा छैनन् । उसो त कराँते र तेक्वान्दोको प्रशिक्षण गर्नका लागि साथी पनि चाहिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“लक डाउनको सुरुआती दिनमा सेल्फ प्रशिक्षण गर्न सकिएन । खेलको स्तर नि कमी हुन्छ जस्तो लागेको थियो । बिस्तारै बानी परे पनि अहिले ‘वर्कआउट’ भइरहेको छ । तर, कराँते खेलका लागि घरमै प्रशिक्षण गर्न सहज हुने रहेनछ,” सागमा कराँतेका स्वर्ण विजेता लक्ष्मण तामाङले भने । 

उता तेक्वान्दोका खेलाडीलाई पनि घरमै प्रशिक्षण गर्न सहज भएको छैन । उनीहरू अहिले घरमा ‘वर्कआउट’मा मात्र सीमित छन् । उनीहरूलाई पनि हाल प्रशिक्षण राम्रोसँग हुन नपाउँदाको चिन्ता छ । 

Global Ime bank

“पहिला प्रशिक्षण गर्दा साथीहरू हुन्थे उनीहरूसँग सिक्ने सिकाउने दुवै हुन्थ्यो । गुरुहरू पनि हुन्थे । सहज थियो । अहिले घरमै प्रशिक्षण हुन सकेको छैन् । मात्र ‘वर्कआउट’ मात्र भएको छ । प्रशिक्षण भने हुन सकेको छैन,” तेक्वान्दो खेलाडी संगीता बस्यालले भनिन् । 

त्यस्तै सागकी स्वर्ण विजेता खेलाडी कुसुम खड्का पनि लकडाउनले गर्दा घरमा प्रशिक्षण गर्न असहज भएको बताउँछिन् । उनी हाल घरमै छिन । उनको पनि प्रशिक्षण राम्रोसँग भएको छैन । घरभित्र प्रशिक्षण गर्न खोज्दा साथी नहुनु र कराउन नपाउनु उनका लागि मुख्य समस्या भएको छ । 

“यस्तो बेला प्रशिक्षण धेरै आवश्यक छ । घरमै सेल्फ प्रशिक्षण गरौं भन्दा सहज छैन । एकातर्फ कराउन पाइँदैन भने अर्काेतर्फ सँगै प्रशिक्षण गर्नका लागि साथी पनि हुँदैनन् । त्यसैले अहिले सामान्य प्रशिक्षण मात्र भइरहेको छ । 

यस्तै समस्या कराँतेमा सागकी स्वर्ण विजेता संगीता मगरलाई पनि छ । उनी अहिले घरमा सामान्य प्रशिक्षण गरिरहेकी त छन् तर जुन हिसाबको प्रशिक्षण हुनु पर्ने हो त्यो नभएको उनको भनाइ छ । उसै पनि यो समय खेलाडीका लागि प्रशिक्षण धेरै गर्ने समय हो ।

सामान्य प्रशिक्षण भइरहेको छ । साथीहरूसँग भएर प्रशिक्षण गर्दा र घरमै प्रशिक्षण गर्दा धेरै फरक छ । जुन स्तरको प्रशिक्षणको आवश्यकता छ त्यो हुन सकेको छैन,” संगीताले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC