site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेलिब्रिटीले के गर्नु के नगर्नु ! 
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम नेपालमा पनि बढेपछि सरकारले लकडाउन घोषणा गर्यो । कोरोना भाइरस नियन्त्रण राहत कोष खडा गर्यो । उक्त कोषमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग रकम जम्मा गरे/गरिरहेका छन् । 

यसैक्रममा निर्माता अर्जुन कुमारले पनि उक्त कोषमा ५० हजार रुपैयाँ सहयोगको घोषणा गरे । उनले सहयोगको घोषणा मात्रै गरेनन्, अरुलाई सहयोगका लागि आग्रह पनि गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

‘एउटा फिल्ममा खेलेको ५० लाख लिन्छु, एउटा फिल्म निर्देशन गरेको ५० लाख लिन्छु, २० लाख लिन्छु भन्ने मेरो देशका सुपर स्टारहरु कुन दुलोमा छन्, लौ न अलिअलि डोनेसन दिन लगाउनुपर्यो,’ अर्जुनकुमार आफ्नो फेसबुकमा लेख्छन् ।

उनले यो घोषणा गरेको अर्को दिन नायिका वर्षा शिवाकोटीले कोषमा आफ्नो तर्फबाट एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । उनले गरेको सहयोगबारे समाचारहरु आए ।  नेपाल चलचित्र कलाकार सङ्घले पनि एकलाख एकहजार रुपैयाँ सहयोगको घोषणा गर्यो । दीपकराज गिरीकाे समूहले एक लाख १० हजार तथा पल शाहले ५ लाख रूपैयाँ सहयाेगकाे घोषणा गरे । 

Global Ime bank

त्यसलगत्तै निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक अकाउन्टमा लेखे, ‘केही फिल्म निर्माताहरुलाई सुझाव : कोरोना राहत कोषमा पैसा दिइरहन आवश्यक छैन । अहिलेलाई आफूले काम लगाएका कलाकार र टेक्निसियनहरुको पुरानो रहलपहल पारिश्रमिक तिरिदिए पुग्छ ।’

उनको स्टाटसमा हो मा हो मिलाउँदै थुप्रैले प्रतिक्रिया लेखेका छन् । जसमा केहीले आफूले पनि पारिश्रमिक लिन बाँकी रहेको भन्दै दीपेन्द्रका विचारलाई शतप्रतिशत सही भनेका छन् । 

केही समयअगाडि अभिनेत्री लक्ष्मी बर्देवाले लेखेको स्टास यस्तो थियो, ‘काम लगाउनुअघि खुब नरम स्वरमा प्रस्तुत हुने अनि काम सकिएपछि जब पैसा दिनु पर्ने बेला आउँछ, ठूल्ठूलो स्वर निकालेर राजाको जस्तो फुर्ती देखाउने, अझ त्यो त छोडुम् कतै भेट्दा मान्छेहरुको अगाडि नजिकनजिक देखा परेर नमस्ते गरिदिए हुन्थ्यो भन्दै लाजै पचाउन सक्ने । ए... अर्को कुरा त भन्नै बिर्सेछु अनि अझ कसैसँग कुरा गर्दा सुरुमै मैले कसैको एक रुपैयाँ पनि खाएको छैन भन्ने महानुभावहरुलाई हामी सबैजना मिलेर ताली बजाइदिम् न ! चोरको खुट्टा काट्भन्दा खुट्टा हटाको जस्तो नहोस् ।’

यो स्टाटस पोस्ट गर्नुभन्दा पहिला लक्ष्मीले लेखेकी थिइन्, ‘तलब भिख होइन, बौद्धिक श्रमको मूल्य हो ।’

निर्देशक दीपेन्द्र लामाको व्यङ्ग्यात्मक आग्रह र लक्ष्मी बर्देवाको फेसबुक पोस्टबाट कति निर्माताहरुबाट कलाकार तथा प्राविधिकहरु आर्थिक शोषणमा परिरहेका छन् भन्ने स्पष्ट हुन्छ । 

कलाकारलाई पारिश्रमिक नदिने तर सरकारी राहत कोषमा पैसा जम्मा गर्नुभन्दा आफूले काम लगाएका कलाकारलाई पैसा दिनु उत्तम हुने उनको पोस्टले तारिफ बटुल्नुको कारण भनेको अधिकांश कलाकारका समस्या त्यसले बोक्नु हो । 

“मैले कुनै व्यक्ति विशेषलाई भनेको होइन, प्रवृत्तिको कुरा गरेको हुँ,” दीपेन्द्र भन्छन्, “नामै तोकेर सार्वजनिक मात्रै गर्न नसकेका हुन्, अनौपचारिक भेटघाट र कुराकानीमा पैसा नपाएको गुनासो थुप्रै कलाकार र चलचित्र प्राविधिकहरुले गर्ने गरेका छन् ।”

कोरोनाले विश्वको एकतिहाई भन्दा बढी जनसङ्ख्या लकडाउनमा छ । कोेरोनाको सङ्क्रमणबाट बच्न र बचाउन सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर पनि केही व्यक्ति घरबाट बाहिर निस्किरहेका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै खडा गरेको छ । यस्तो अवस्थामा कलाकारले नागरिकलाई घरमै बस्न हाग्रह गर्दै आएका छन् ।

कलाकार के गरिरहेका छन् र के भन्छन् भनेर उनीहरुलाई फलो गर्नेहरुलाई कलाकारले गरेको अपिलले प्रभाव पार्न सक्छ । उसै पनि कलाकारका फ्यानफलोअर बढी हुन्छन् नै । समाजलाई तिनलै बेग्लै प्रभाव पनि पारिरहेका हुन्छन् ।  

कलाकारले यसरी अपिल गरेपछि तिनको आलोचना पनि हुन थाल्यो । कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा कलाकारले आर्थिक सहयोग गरेनन् भनेर । भारतीय कलाकारहरुले गरेको सहयोग विशेषगरी अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोग गरेको उदाहरण दिँदै नेपाली कलाकारले सरकार तथा जनाता अप्ठ्यारो अवस्थाबाट गुज्रिँदा सहयोग नगरेको भन्दै आलोचना हुन पुग्यो । 

जवाफमा नायिका करिष्मा मानन्धरले आफ्नो फेसबुक पेजमा लेखिन्, ‘के भनेको के ? के सेलिब्रिटीले सबै समस्या समाधान गर्नुपर्ने ? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने हँ ? जानुस् तपाईंहरूको भगवान्लाई खोज्नुस् ! तर घर बस्नुस् ।’

सरकारले गर्ने काम सरकारले गर्ने हो, सेलिब्रिटीले गर्ने काम सेलिब्रिटीले नै गर्ने हो भन्ने करिष्माको धारणा छ । “हामीले हाम्रो कर्तब्य र जिम्मेवारी निर्वाह गरिरहेकै छौं । सरकारलाई सहयोग गर्नुपर्ने समयमा सहयोग गरिरहेकै छौं,” करिष्मा भन्छिन्, “यो समय केही गर्नै पर्दैन, सरकारले भनेजसरी घरमा बसेमात्रै पुग्छ । पैसाभन्दा पनि सचेत भएर घरमै बसे पुग्छ ।” आलोचनाका लागि मात्रै आलोचना गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने करिष्मा बताउँछिन् । 

करिष्माको पोस्टमा हो मा हो मिलाउँछिन् नायिका रेखा थापा । उनी कोरोनाको सङ्क्रमण रोक्ने बजेट जुटाउने काम कलाकारको नभएको बताउँछिन् ।

“सेलिब्रिटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? परे राज्यले सबैको बैङ्क खाता कब्जा गर्ला नि ! अरुले यति दियो उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं नसक्नेले मागौं । चन्दा फेसन जस्तो भयो,” रेखा करिष्माको पोस्टमा प्रतिक्रिया स्वरुप लेख्छिन् ।  

विगत केही वर्षयता निरन्तर सामाजिक सेवा गर्दै आएका सीताराम कट्टेल धुर्मुुस परिआएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउँछन् । भूकम्प होस् वा बाढीपहिरो अथवा हावाहुन्डरी, तत्काल उद्दार तथा राहतमा होमिने उनी देश दुःखमा रहेका बेला घरभित्र थुनिएर बस्नुपर्दा मन पोलिरहेको बताउँछन् । 

आवश्यक परे जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ । यो बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जनताका लागि भगवान् भएकाले उनीहरूको आत्मबल उँचो बनाउन सकेमात्रै पनि पुग्ने सीताराम बताउँछन् । 

करिष्माले भने जस्तै कसले के सहयोग गर्यो र फलानोले किन गरेन भन्नुभन्दा पनि घरमै बसेर आफू र आफ्नो परिवारको सुरक्षा गर्ने विपद्को समय अहिले आइपरेको छ । सक्नेले सहयोग गरे उत्तम नै भयो । आफूले काम लगाएको व्यक्तिलाई पारिश्रमिक नदिने, तर सरकारलाई आर्थिक सहयोग गरेर सस्तो प्रचारवाजी र अरुलाई गाली गर्नुलाई उचित कसरी मान्न सकिएला र !  

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC