site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पागल
Ghorahi CementGhorahi Cement

जगदीश घिमिरे

यो वर्षामास थियो । बरन्डामा उभिएर एक लर्कामा हिँडिरहेका मसिना कमिलालाई नियाल्छु । कमिलाहरुको यस गतिविधिले मलाई पिरोल्छ । मेरो आसन डगमगाउँछ । म तिनीहरुको नाइकेलाई खोज्छु । नाइके स्पार्टकस थियो, देखापर्यो । मैले तलुवाले कुल्चिदिएँ । यौटा चिसो भुइँ र केही अमिलो गन्धमात्र बाँकी रहन्छ । स्पार्टकसको इतिहास समाप्त भैसकेको थियो ।

यो वर्षामास थियो । वर्षामा कमिलाको चल्ती हुन्छ । त्यै चल्तीमा मेरो बरन्डाबाट अर्को कमिलो कुद्यो । यो कलिलै थियो ।लहैलहैमा लागेर बाटो बिराएको थियो । यो गङ्गालाल थियो । फितकुलीले मैले तारो हानेँ । गङ्गालाल समाप्त भयो । दशरथ चन्द, शुक्रराज, धर्मभक्त कसैलाई छाडिनँ । फितकुलीको सोख मलाई कसरी जाग्यो म भन्न सक्दिनँ ।

Agni Group

यो वर्षायाम थियो । भान्सामा रछ्यान थियो र रछ्यानमा भान्सा । मैले सुत्ने कोठाको झ्यालमुनि चर्पी स्थापना गरेको थिएँ, जसरी मन्दिर स्थापना गरिन्छ । म आफूलाई महान् महन्त घोषित गर्ने तरखरमा थिएँ । यौटा हरियो झिँगो आयो । मैले सुइरामाउनेँ । पखेटा चुडेँ । खुट्टा काटेँ । हात काटेँ । जङ्गबहादुर भएर कुर्लिएँ –
“माथवर सिंह” 

पाजी । कुकुर । उल्लु । नालायक । गद्दार ।देशद्रोही । अराष्ट्रियतत्व । गद्धिलोलुप । लु आइज । दुर्योधनको जाँच भाँचिसकेपछिको भीमसेन झैं ताल ठोकेर उफ्रन लागेँ । (कसरी उफ्र्यो होला भीमसेन सत्ता पाएँभनेर, घोरिनुुस् त ।) लु आइजथारु...।

Global Ime bank

“होइन, जिसस् क्राइस्ट ।”

क्रसमा टाँगिएको जस्तै गरी भित्तामा चेप्ट्याएको माउसुलीलाई भनेको थियो उसले ।

यो वर्षामास थियो । वर्षामा च्याउ उम्रन्छन् । वर्षामा क्रान्तिकारी उब्जन्छन् । सहिद जन्मन्छन् । साथीले यौटा मुसो ल्यायो भित्रबाट । मुुसो बिख खाएर मरेछ ।

उसले भन्यो– “हामी गिद्ध बनौं, यो भीमसेन थापाहो ।” र ऊ गलल्ल हाँस्यो  । यो प्रस्ताव राम्रो थियो । हामी वर्षौंदेखि भोका थियौं । हामी सत्तामा थियौं । भगत सिंह, बटुकेश्वर दत्तको मासु गतिलो थिएन । झु्न्ड्याएको मीठो लाग्दैन । त्यसरी त मुसलमान बगरेले पो मार्छ । मार्ने कति राम्रो काइदा ? आधा सेरेर ऊ अल्लाहको नाउँ लिन्छ र मन्त्र जपिरहन्छ । मीठो थियो बरु चन्द्रशेखर, तर त्यो थिलथिलो भैसकेको थियो गाली लागेर । त्यो मूर्ख थियो, पुलिसको पकडा खान्नँ भनेर प्रतिज्ञा गरेको थियो । त्यो त्यस्तै मूर्ख थियो जस्तो “घूस खान्नँ”भनेर प्रतिज्ञा गरेर पुर्याउने कुनै कुकर्मचारी । मलाई त झ्वाट्ट मार हानेको मीठो लाग्छ । खै मजा आएन, खै । आखिर तिमी किन बाँच्छौ बरु मर । मर्दैनौ भने देउताबन । देउता भनेको लेनिन अथवा माओ हो । किन तिमी पागलमा नाउँ गनाउँछौ ? कमसेकम लिन पियाओ बन । किन ल्यू् साओ ची बन्छौ ?

“हैन म सहिद बन्छु ।”

“तिमी पागल हौ । कल्ले तिमीलाई सहिद भन्छ ? सहिद भनाउन भविष्यका सन्तालाई घूस ख्वाउनु जरुरी छ ।”

“नबौलाएको मान्छे हुन्छ यस संसारमा ? क्लास म्यामेलिया नै बौलाहा क्लास हो । गँड्यौला बौलाएको थाहा छ ? बाँदर बौलाएको नै मान्छे भएको हो बुझ्यौ ?

यो वर्षामास थियो । म बौलाएको थिएँ । आदरणीय दाजु् पूजनीय पिताज्यूको मृत्युको प्रतीक्षामा हुनुहुन्थ्यो । सरकारी विचारमा विश्वका सबै मुलुकमा प्रगति हुँदै थियो । कम्युनिस्टहरु चु्नाव प्रचारमा व्यस्त थिए । भैंसीले राँगो खोजेको थियो । राँगो धनीदुई पाथी मकै फिस नलिइकन भैंसी मिसाउन दिँदैनथ्यो । अन्नको अनिकाल थियो, तर त्यसो भन्नु हुँदैनथ्यो । म भोकै थिएँ र स्वतन्त्र थिएँ । मेरो साथी पग्लाएको थियो, किनभने हामीले सरकारको गठन गर्न सकेका थिएनौं । हामी पैलो–दोस्रो–तेस्रो कुनै व्यक्ति पनि थिएनौं । हामी कमिला पनि थिएनौं । झिँगा पनि थिएनौं । मुसा पनि थिएनौं । गँड्यौला पनि थिएनौं, अतःहामी सहिद पनि थिएनौं ।

साथी एक्कासि हाँस्यो, भन्यो– “मासु चार रुपियाँप्लेट भैसक्यो । जौँ मासु खानभियतनाम । सस्तो छ रे ।”

“तँ अमेरिका होस् र ? साले ।”

“तँचीन र रुस पनि त होइनस् ।”

“हुँ, रुस र चीनको ऐले लडाइँ छ, त्यो साम्यवादको विजय हो । 

बुझिस्?”

“खबरदार ।”

उसले खुकुरी झिक्यो । ऊतत्कालै प्रजातन्त्रवादी भयो । मतत्कालै सामान्यवादी भएँ । हामी एक अर्काको घत र घात विचार गर्दै फन्का मार्न थाल्यौं । वरिपरि दर्शक थुप्रिए । यो खासा राम्रो नौटङ्की थियो । हाम्रो गुजारा पनिचल्दै थियो । जादुगरी राम्रो पेसा रहेछ जनमतलाई अल्मल्याउने– हामीले यो बल्ल बुझ्यौं । अभिनय एकहोरो र नीरस हुँदै गएको देखेर मैले गेयर बदलेँ । 

“राम्रो । राम्रो ।” मेरो साथी करायो । 

“किन ?” मैले सोधेँ ।

“कार्लमाक्र्स को ढाड खुस्कियो । कार्लमाक्र्स भनेको कुखुरो हो । आइजभुत्लाऊँ । ठीक ठाउँमा हानेको छस् । हामी भनेको नेताहौं । भुटुन्तता ।”

खुकुरीले कुनै कुखुराको ढाड खुस्काएको थियो । 

यो सयकडौंवर्षको कुरा हो । 

अनि बल्ल थाहा पायौं हामी क्यै थिएनौं । मात्र पागल थियौं । नेता थिएनौं । प्रशासक थिएनौं । विश्व शान्तिको लागि भाषण गरेका थिएनौं । शान्तिको लागि उठाइएका परेवालाई अणुबमले तारो हानेर झारेका थिएनौं । झारेर भुटेकाथिएनौं । भुटेर इन्द्रको मूत (दारु भनेको इन्द्रको मूतहो, डिस्टिलरी भनेका स्वर्गको चर्पी हो, इन्द्र भनेको हाम्रो सेनापतिहो) सँग खाएकाथिएनौं । 

“इन्द्रको मूतलिएर आइज ।” उसले थप्यो । 

मात्न मन लागेछ । मातेपछि ऊ लेखक हुन्थ्यो, कलाकार हुन्थ्यो । देशसेवी र समाज–सुधारक सबै हुन्थ्यो । 

यो वर्षामास थियो । रोपाइँथियो । झिँगा, कमिला, कुखुरा, माउसुली सबै सहिदलाई खेतमा रोपिदिएको छु । हेरुँ कहिले फल्छ । खेत समय हो । म रोपाहार हुँ । म पागल हुँ । ऊ पागल हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC