site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
कोरोना कुनै अवतार हो ?

कोरोनाभाइरसको उत्पातले संसारका धेरै मानिसहरु पीडितमात्र होइन चिन्तित पनि छन् । अमेरिकाको धनी मानिएका बिल गेट्सले यस उत्पातको पछाडि एउटा दरिलो आध्यात्मिक कारण हुनुपर्छ भन्ने मानेका छन् । तर, उनले यसको व्याख्या गरेका छ्रैनन् । यस समस्याको जडमा जाने हो भने त्यसको पुष्टि हुन्छ । यस सम्बन्धमा कृष्णले श्री भगवद् गीताको चौधौँ अध्यायको १९ औं श्लोकमा भनेका छन् – ‘‘नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति । गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति ।।’’ मानिसले सबै गतिविधिमा कर्ता देख्दैन र स्वचालित पाउँछ अनि उसलाई परम तत्त्वको अनुभव हुन्छ र त्यसैबाट आध्यात्मिक चेतना आउँछ । यस पृष्ठभूमिमा विश्वलाई आक्रान्त गरिरहेको यस रोगलाई हेरेमा केही बुझ्न सकिन्छ । कोरोना भनेको एउटा बलियो आध्यात्मिक क्रियाजस्तो देखिन्छ । 

रोगको आरम्भ चीनमा भए पनि यसको उत्पत्तिमा अरुकै हात रहेको दोषारोपण गरिएको छ । त्यसको निरुपण हुन नसके पनि यसले संसारमा पारेको प्रभाव हेर्दा यसको पछाडि ठूलै कारण हुनसक्ने देखिन्छ । जे भए पनि यसबाट सारा संसारले दुःख पाइरहेकाले यसको पछाडि केही ठोस कारण भएको मान्न सकिन्छ । गीताको सहायताबाट यसलाई राम्ररी बुझ्न सकिन्छ । गीतामा कृष्णले भनेका छन् – ‘‘यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।’ हे अर्जुन, जब जब संसारमा धर्मको क्षय हुन्छ अनि म धर्मको अभ्युत्थानका लागि साकार रुपमा प्रकट हुन्छु । हुन पनि आजको संसारलाई नियाल्दा धर्मको नाश भएको देखिन्छ । 

धर्मको नाश भएको भन्नु मानिसको नैतिकताको नाश हुनु नै हो । आजको संसार भौतिक विकासमा व्यस्त छ । यसमा सबभन्दा ठूलो भूमिका लोभ र लालचले खेलेको छ । चाहे त्यो अमेरिका होेस्, चीन वा कुनै अरु देश सबै भौतिक विकासमा केन्द्रित छन् । जसरी भए पनि धनी हुने, जति धेरै कमाउन सक्यो कमाउने त्यसबाट अरुलाई कति मर्का पर्छ भन्ने वास्तै नगर्ने । यस होडबाजीमा विकासको कतै सिमाना देखिँदैन ।  प्रकृतिमा कति नोक्सान प¥यो त्यसको हिसाबकिताब गरिएन । लाग्छ, प्रकृतिले आफ्नो तरिकाले मानिसहरुलाई पाठ पढाइरहेको छ । यो संकटका पछाडि आध्यात्मिक कारण नै छ । आँखाले देख्नेभन्दा नदेखिने तथ्य उजागर गर्ने शक्ति आध्यात्मिकतामा हुन्छ । यसैलाई सत्य मानिएको छ ।  

Agni Group

माहाभारतमा कलियुगका बारेमा भनिएको छ – ‘क्रयविक्रयकाले च सर्वः सर्वस्य वञ्चनम् । युगान्ते भरतश्रेष्ठ वित्तलोभात् करिष्यति ।।’ किनबेच गर्ने बेलामा सबैले एकअर्कालाई ठग्नेछन् । धनको लोभले नै हे भरतश्रेष्ठ युगको अन्त्य गर्नेछ । यो कति चरितार्थ भएको छ भन्ने त यहाँ लेखाजोखा गर्नै पर्दैन । नेपालजस्तो गरिब देशमा त अर्बाैंको भ्रष्टाचार भएको सुनिन्छ । अमेरिका र चीानको बीचमा व्यापार, आर्थिक नाफाका बारेमा कति झैझगडा चलिरहेको छ सो पनि यही पैसाको कारणले हो । यस्तै फाइदाको सिलसिलामा भारत र नेपालबीच धेरै प्रकारको विवाद भइरहेको पनि हाम्रो सामु छ । मानिसमात्र हैन राज्यको समेत नियत नै खराब देखिएको छ । उनीहरुको मुख्य लक्ष्य नै पैसामा भएको छ । जस्ले धेरै पैसा जम्मा गर्न सक्यो उही सफल मानिन्छ । 

के पैसाको मात्र पछि लाग्नु धर्मको पतन हुनु होइन ? धर्मले नै त मानिसलाई पशुबाट अगल बनाएको छ । अधर्मी मानिस पशु सरह नै हो । यही सत्यलाई यस सूक्तिले प्रकट गर्छ – ‘‘आहार निद्रा भय मैथुनानि समानि चैतानि नृणाम् पशुनाम् । धर्मो नराणाम् अधिको विशेषो, धर्मेण हिना पशुभि समाना ।’’ 

Global Ime bank

अरू धर्महरूमा यो धर्मको पर्यायवाची शब्द पाइँदैन । कतिपय विद्वान्हरुले अंग्रेजीको ‘रिलिजन’ र ‘राइटियस्नेस्’ लाई धर्मको पर्यायका रूपमा प्रयोग गरेका छन् । तर, यसले सही अर्थ बुझाउँदैन । ‘धर्म’ शब्दलाई अंग्रेजी र अरु कतिपय भाषाका शब्दकोषमा स्वीकार गरिएकोले धर्म शब्दकै प्रयोग गर्नु उपयुक्त हुन्छ । यस श्लोकको सही अर्थ बुझ्न संसारका अरु जीवजनावर र पशुपंक्षीको धर्मबारे पनि चर्चा हुनुपर्छ । 

धर्मको माने व्यापक छ । आगोको धर्म तातो हुने र पोल्ने हो । पानीको धर्म चिसो हुने र भिजाउने हो । गाईले घाँस खानु र बाघले जीवजनावरको मासु खानु उनीहरुको धर्म हो । आहार, निद्रा, अरुबाट हुनसक्ने क्षतिको डर र सन्तान जन्माउने क्रिया पशु र मानिसमा समान हुन्छन् । तर, धर्मले पशुबाट मानिसलाई छुट्याउने गर्छ । 
पशुपंक्षी र भौतिक जगतको धर्म प्रकृतिले तोकेको हुन्छ । प्राकृतिक नियमभन्दा बाहिर उनीहरु जान सक्दैनन् । मानिसलाई भने प्रकृतिले विकल्प दिएको छ । विकल्प प्रयोग गर्ने विवेक दिएको छ । मानिसले आफ्नो धर्मअनुसार नै काम गर्नुपर्छ तर उसलाई अधर्मको बाटो हिँड्ने छुट पनि छ । यही अधर्मको बाटो हिँडेकोले नै भगवानलाई बारम्बार पृथ्वीमा धर्म स्थापनाका उत्रनु परेको विश्वास गरिन्छ । 

धर्मको विनाश हुँदा र अधर्मको वृद्धि हुँदा कुनरुपमा भगवानको अवतार पृथ्वीमा आउने गर्छ भन्ने सवाल उठ्छ । यसबारे बुझ्न पुराना धार्मिक ग्रन्थतिर ध्यान दिनुपर्छ । पुराणहरूका अनुसार संसारमा भगवानको नौवटा अवतार भइसकेको छ । यसमा मत्स्य, कूर्म, वाराह, नरसिंह, वामन अवतार सबै सत्य युगमा भएका हुन् । त्रेता युगमा परशुराम र रामको अवतार भएको थियो । द्वापर युगमा कृष्णको आगमन भएको थियो । कलियुगमा बुद्धको आगमन भएको मानिन्छ ।  कलियुगको अन्त्यमा कल्कीको आगमन हुने विश्वास गरिएको छ । ती अवतारहरुले संसारमा चलिरहेका पाप र पापीहरु, अपराध र अपराधीहरु र आतंक र आतंककारीहरुको नाश गरेका थिए । 

गीताका ज्ञाता स्वामी प्रभुपादअनुसार भगवानको अवतार कुनै पनि रुपमा हुन सक्छ । हुन पनि पहिले माछा, कछुवा, सुँगुर, मानिस र सिंह, पुड्के, ऋषि अथवा अरु रुपमा पनि भएको थियो । यसकारण अहिले कुनरुपमा आगमन भएको भनेर अनुमान गर्न सकिएला किटान गर्न सकिँदैन । किनभने, आध्यात्मिकता विश्वास हो, आस्था हो । यो कुनै विज्ञान होइन प्रमाण खोज्नका लागि । जुन किसिमले कोरोनाबाट सारा संसार आतंकित भएको छ र खासगरी विकसित देशहरु पीडित भएका छन् त्यसबाट त्यसै सम्बन्धमा यो अवतार प्रकट भएको पो हो कि ? यसले मानिसलाई गलत बाटो छाडेर सही बाटो हिँडने प्रेरणा दिएको छ । 
विडम्बना, मानिस भने कहिल्यै नसुध्रिने प्राणी हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC