site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए । 

लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबैंक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ । युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर 

घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ ।
    
उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पुर्याउने काम भइरहेको बताइएको छ । धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिए । त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए । 

वडाध्यक्षको सहयोग

Global Ime bank

धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथका लागि खाद्यान्न सहयोग गरेका छन् । वडाध्यक्ष थापाले उपमहानगरपालिकाका अन्तर्गतको नगरस्तरीय विपद् व्यवस्थापन खाद्यान्न समाग्री हस्तान्तरण गरे । थापाले २१ कट्टा चामल, ५० किलो दाल, तीन बोरा सोयाविन, एक बोरा नुन, दुई पेटी तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बेहडाबाबा मन्दिरद्धारा खाद्यान्न

धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टोलीले चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ । समितिका सचिव जोशीले अप्ठ्यारो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन आम जनसमुदायलाई अनुरोध गरे । 
 
धनगढीको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै २० कट्टा चामल र पाँच पेटी खानेतेललगायतका खाद्यान्न सहयोग गरेको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC