देश
बागलुङ । जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।
सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ ।
संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् । रासस
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६ ०७:११
प्रतिक्रिया दिनुहोस्