site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनका कारण रगत अभाव, सङ्कलन गर्न ‘मोबाइल अभियान’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

घोरोही । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत  जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत सङ्कलन गरी बिरामीसम्म पुर्याइनेछ । रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका  जानकारीअनुसार बन्दका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो ।
 
“रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ ।”
 
यही चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको थियो । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन् । रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत पनि सबै सकिएपछि यो अभियान सञ्चालन गर्नका लागि सबैलाई अपिल गरिएको प्रमुख न्यौपानेले बताए ।
      
जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार भएको बैठकमा रगत अभाव भएको प्रसङ्ग उठेपछि रक्तदान विशेष अभियानको थालनी गरिएको अभियानकर्मी नरेन्द्र केसीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC