site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवाले रोके सरकारी गाडी
Ghorahi CementGhorahi Cement

ठिनी । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । 

लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका गाडीलाई लोमान्थाङबाटै फर्काएका लोमानथाङ गाउँपालिका–५ का वडाध्यक्ष नवाङ कुङ्गा विष्टले जानकारी दिए ।

Agni Group

सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरेकाले गाडी बजार क्षेत्र प्रवेश गर्न नदिइएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए । 

लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले अतिआवश्यक सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताए । उनले सो सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गरे ।

Global Ime bank

सडक निरीक्षणमा आयोजना प्रमुख अशोक तिवारी, इञ्जिनियर अस्विनी यादवलगायत अन्य गैरव्यक्ति पनि भएको स्थानीयवासीले बताएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीबाट जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमबाट कोरलाको ११० किलोमिटर सडकमा सात वटा प्याकेज छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC