site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किसानलाई गहुँ थ्रेसिङ गर्न सास्ती
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन् । 

गहुँ काटन सुरु गरे पनि गहुँ थ्रेसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागु गरिएको लकडाउनका कारण केही ट्रयाक्टर सञ्चालकले मात्रै गहुँ थ्रेसिङ गर्दै आएका छन् । बाह्य क्षेत्रबाट गहुँ थ्रेसिङका लागि ट्रयाक्टर ल्याउन निषेध गरिन थालेपछि गहुँ थ्रेसिङ गर्न किसानले सास्ती खेप्नु परेको हो । खेतमा गहुँ पाकिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“गहुँ काटन थालेका छौं”, कृष्णपुरका किसान जीवन चौधरीले भने, “गहुँ थ्रेसिङ गर्नका लागि निकै समस्या भएको छ । बाह्य क्षेत्रबाट थ्रेसिङका लागि ट्रयाक्टर ल्याउन नदिँदा समस्या भएको छ ।” बाह्य क्षेत्रबाट थ्रेसिङका लागि ट्रयाक्टर ल्याउँदा त्योसँगै मजदुरहरु पनि आउने भएकाले कोराना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा बाह्य क्षेत्रका ट्रयाक्टर निषेध गरिन थालेको बताइएको छ । 

थ्रेसिङको अभाव भएपछि धेरै किसानले लकडाउन खुल्ने आशामा गहुँ काटेका छैनन् । “मुलुक लकडाउन भएका बेला गहुँ थ्रेसिङ गर्न ट्रयाक्टर अभाव भएपछि गहुँ काटेका छैनौं”, स्थानीय किसान वीरबहादुर राजवंशीले भने, “लकडाउन खुलेपछि गहुँ काटने योजना बनाएका छौं । ”

Global Ime bank

ट्रयाक्टर खोज्न नसक्दा काटेका गहुँ पनि खेतमै थन्क्याउन बाध्य भएका छन्, यहाँका किसान । किसानहरुले स्थानीय तहसँग सहज रुपमा गहुँ थ्रेसिङको व्यवस्था मिलाई दिन र ट्रयाक्टरका लागि इन्धनको व्यवस्था गर्न आग्रह समेत गरेका छन् । रासस

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC