site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटनामा  चार घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दुल्लु । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर  ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो । 

ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो ।  घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र  जुम्ला जिल्ला सिंजा गाउँपालिका – ६ का १८ वर्षीय कर्णबहादुर बुढा  छन् । घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC