बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दाङमा लकडाउन अवज्ञा गर्ने ११ सय सवारीसाधन नियन्त्रण
KNP nepal
KNP nepal
विवेक खड्का
बाह्रखरी - विवेक खड्का बिहीबार, चैत २०, २०७६
Laxmi Bank
Laxmi Bank

दाङ । दाङमा प्रहरीले कोरोना भाइरसको जोखिमबाट बच्‍न लागु गरिएको ‘लकडाउन’को अवज्ञा गरेको भन्दै झण्डै ११ सय सवारीसाधन नियन्त्रणमा लिएको छ ।

चैत ११ गते देखि २० गतेसम्म एक हजार ९७ वटा सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले आज बिहीबार दशौं दिन संख्या बढेर ४६ पुगेको छ ।

Duber nepal

Agani Group

बिहीबार मात्रै दाङमा ३९ वटा मोटरसाइकल, २ वटा अटो रिक्स र ५ वटा स्कुटर नियन्त्रणमा लिएको प्रहरीले बाह्रखरीलाई जानकारी दिएको छ । नियन्त्रणमा रहेका सवारीसाधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले बाह्रखरीलाई जाानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ८७३ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै, ट्रक ५८ वटा, स्कुटर ६१ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् ।

यसैगरी, अटो रिक्सा २६, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ९७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, चैत २०, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्