site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
दुई लाखभन्दा बढी कोरोना संक्रमितको उपचार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । तर, संक्रमितको उपचार पनि सँगसँगै भइरहेको छ ।

नोभेल कोरोना भाइरसका संक्रमितका लागि कोभिड-१९ विरुद्धको खोप विकास नभए पनि लक्षण अनुसारको उपचार र  एन्टिभाइरलको उपचार पद्धतिद्वारा उपाचार गरिरहेको स्वास्थ्य विज्ञहरुले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्‍वभरका ९ लाख ६० हजार कोरोना संक्रमितमध्ये दुई लाख तीन हजार ११४ कोरोना संक्रमितको उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरिएको वर्ल्ड मिटरको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी ४९ हजार १५६ कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । हाल सात लाख सात हजार ७९३ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यसमध्ये ३६ हजार २०५ कोरोना संक्रमित गम्भीर रहेको अन्य ६ लाख ७१ हजार ५८८ कोरोना संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।

Global Ime bank

विश्‍वमा सबैभन्दा बढी कोरोना संक्रमित दुई लाख १५ हजार ३५७ अमेरिकामा छन् भने सबभन्दा बढी कोरोना संक्रमित १३ हजार १५५ को इटालीमा मृत्यु भएको छ । अमेरिकामा पाँच हजार ११३ जनाको मृत्यु भएको छ भने इटालीमा एक लाख १० हजार ५७४ कोरोना संक्रमित छन् । 

स्पेनमा एक लाख १० हजार २३८ कोरोना संक्रमित छन् भने १० हजार तीनजनाको मृत्यु भएको छ । कोरोनाको उद्‌गम राष्ट्र चीनमा भने तीन हजार ३१८ कोरोना संक्रमितको मृत्यु भएको छ भने एक हजार ८६३ सक्रिय कोरोना संक्रमित रहेको र ७६ हजार ४०८ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC