site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थप एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी प्रदेशकी महिला भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।  यसअघि पाँचौ कोरोना संक्रमित गत शनिबार देखिएको थियो भने पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो । 

कोरोना भाइरसको आशंकामा हालसम्म एक हजार १८४ जनाको नमुना संकलन  गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । 

Global Ime bank

उनले सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा बिरामीहरु भर्ना भएका छन् । 

“हालै ४३ वटा जनाको कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाहरुमा परीक्षणको क्रममा रहेको छ,” उनले भने, “१०५ वटा आइसोलेसन बेड छुट्याएको छ जसमा काठमाडौ उपत्यकका १६  र उपत्यकका बाहिर ८९ आइसोलेसन रहेको छ ।

२४ घण्टामा दुई हजार ७ सय ५९ जनाको मन्त्रालयको दुई कल सेन्टर १११५ र ११३३ मा आएको गुनासो सम्बोधन गरेको उनले जानकारी दिए । उनले भने,  “सो कल सेन्टरमा अस्पताल सीमा क्षेत्रमा रहेका नेपालीहरुको अवस्था रहेको बारेमा सोधिएको छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC