site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाको विशाल परीक्षण गरिने : बेलायती प्रधानमन्त्री 
Ghorahi CementGhorahi Cement

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनल कोरोना भाइरसको परीक्षणमा 'विशाल' वृद्धि गरिने बताएका छन् । केही युरोपियन मुलुकभन्दा पनि कम परीक्षण भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री जोन्सनले कोरोना परीक्षणको दायरा बढाएर विशाल परीक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

विश्‍वकै पाँचौं ठूलो अर्थतन्त्र भएको बेलायतमा कोरोना नियन्त्रणका लागि कडा प्रतिबन्धहरु लगाइएका छन् । मानिसहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्किन आग्रह गरेका थिए । 

Agni Group

त्यसैगरी बेलायतमा भेन्टिलेटरको समेत अभाव भएको र परीक्षण सीमित गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । यहीबीच प्रधानमन्त्री जोन्सनले भिडियो सन्देश जारी गर्दै भनेका छन्, "हामीले पनि कोरोना परीक्षणमा 'विशाल' वृद्धि गरेका छौं । 

प्रधानमन्त्री जोन्सनलाई पनि कोरोना पोजेटिभ देखिएपछि उनी १० डाउनिङ् स्ट्रिटमा लकडाउनमा छन् । 

Global Ime bank

उनले भने, "म कोरोना परीक्षणका बारेमा केही महत्त्वपूर्ण कुराहरु भन्छु । जुन मैले हरेक हप्ता भन्‍ने गरेको छु । हामीले कोरोना भाइरसका विषयमा उठेका दुविधाहरुलाई अन्त्य गर्दै कोरोनामाथि जित हात पार्नेछौं ।" 

जर्मनीमा हप्तामा पाँच लाख कोरोना जाँच भइरहेको छ भने बेलायतमा दैनिक १३ हजार कोरोना जाँच भइरहेको छ । मध्य अप्रिलसम्म बेलायतमा कोरोना जाँच दोब्बर बनाइने भएको छ । 

अप्रिल १ सम्म बेलायतमा ११ लाख ५२ हजार ९७९ लाई कोरोना जाँच गरिएको बताइएको छ । जसमध्ये २९ हजार ४७४ कोरोना संक्रमित देखिएका छन् भने करिब दुई हजार ३५२ कोरोना संक्रमितको मृत्यु भएको छ । - रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC