साहित्य
काठमाडौं । गायिका टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले ८० मिलियन भ्युज पाएको छ । गीती एल्बममा रहेका मध्ये सबैभन्दा धेरै युट्युब भ्युज बटुल्ने यो पहिलो गीत हो ।
टीका प्रसाईंको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द छ । आशिष अभिरलको संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रु फिर्चड छ ।
भिडियो निर्देशन कार्टुन क्रुका सरोज अधिकारीले गरेका छन् ।
युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने गीत ‘कुटुमा कुटु’ हो । यसलाई १२३ मिलियनभन्दा धेरैपटक खोजिएको छ ।
युट्युबमा सबैभन्दा पहिला करोड भ्युज पाएको गीत भने चलचित्र ‘छक्का पञ्जा’को ‘सुर्के थैली खै...’ हो ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६ १६:१८
प्रतिक्रिया दिनुहोस्