site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इजारयलका स्वास्थ्यमन्त्रीलाई कोरोना देखिएपछि प्रधानमन्त्री फेरि सेल्फ-आइसोलेसनमा
Ghorahi CementGhorahi Cement

जेरुसलेम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि ६ दिनका लागि सेल्फ-आइसोलेसनमा गएका छन् । 

इजराइली स्वास्थ्यमन्त्री याकोभ लिजम्यान र उनकी श्रीमतीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिहीबार प्रधानमन्त्री कार्यालयले जनाएको हो । ७० वर्षीय प्रधानमन्त्री नेतान्याहु मुलुकमा सबभन्दा बढी शासन गर्ने नेता हुन् । 

Agni Group

यसअघि संसदीय कर्मचारीलाई कोरोना भाइरस भएपछि दुई दिन आइसोलेसनमा बसेका प्रधानमन्त्री नेतान्याहु बुधबार राति आइसोलेसनबाट बाहिर निस्किएका थिए । उनले तत्कालै राष्ट्रिय टेलिभिजनमार्फत महामारीविरुद्ध लड्नका लागि नयाँ उपाय अपनाइने घोषणा गरेका थिए । 

तर, प्रधानमन्त्री कार्यालयले उनी फेरि ६ दिनको सेल्फ-आइसोलेसनमा गएको जनाएको हो । 

Global Ime bank

यसअघि सोमबार नेतान्याहुलाई भने कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । 

इजराइलमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी संक्रमित भएका छन् । - रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC