site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा कुकुर-बिरालोको मासु बिक्री र उपभोगमा प्रतिबन्ध 
Sarbottam CementSarbottam Cement

बइजिङ । चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । सेनजेन कुकुर र बिरालोको मासु बिक्री र खान प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर हो ।

नोभेल कोरोना भाइरस जंगली जनावरको मासुबाट सरेको भन्‍ने कुराहरु सार्वजनिक भएपछि चिनियाँ अधिकारीहरुले यसअघि नै जंगली जनावरहरुको बिक्री वितरण र निर्यातमा रोक लगाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सेन्जेनले एक कदमअघि बढ्दै कुकुर र बिरालोको मासुको बिक्री वितरणमासमेत रोक लगाइएको छ । यो नयाँ नियम मे १ देखि लागु हुने बताइएको छ । एसियामा मासुका लागि वार्षिक तीन करोड कुकुरहरु मारिने गरेको ह्युमन सोसाइटी इन्टरनेसनलले जनाएको छ । 

यद्यपि, चीनमा बस्‍ने सबैले भने कुकुरको मासु खाँदैनन् । अधिकांश चिनियाँहरुले भने कुकुरको मासु बिक्री वितरणमा रोक लगाएका छन् । 

Global Ime bank

"कुकुर र बिरालोको मानिससँग निकै लामो समयदेखि नजिकको सम्बन्ध छ । अधिकांश विकसित मुलुकहरुमा ककुर र बिरालोको मासुमा प्रतिबन्ध लगाएका छन्," सेनजेनका स्थानीय सरकार प्रमुखले भने, "यो निर्णय पनि मानव सभ्यताको माग र भावनालाई कदर गर्दै गरिएको हो ।" 

जनावरको अधिकारसम्बन्धी काम गर्ने ह्युमेन सोसाइटी इन्टरनेशनलले पनि यस कदमको प्रशंसा गरेको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC