site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लकडाउनसँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनको अवधिमा र‌गमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ आज एक साता पूरा हुँदै छ ।

महोत्सवको सातौं दिन आज सुरेन्द्र बर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औँठी’को भिडियो प्रस्तुत हुनेछ ।

उत्सव एक साता मात्र देखाउने भनिए पनि लकडाउनको अवधि बढेसँगै यसको अवधि पनि बढाइएको हो । “हामीले उत्सव सुरु गर्दा एक साताको लक्ष्य राखेका थियौं । त्यो आज पूरा हुँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर लकडाउनको अवधि थपिएको छ, दर्शकको माग र उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ । त्यसैले उत्सव अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं,” फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने । 

अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक पनि तय भइसकेको श्रेष्ठले जानकारी दिए । उनी भन्छन्, “यो साता बालबालिका लक्षित नाटकमा जोड दिँदै छौं । त्यसैले साताको सुरुवातमा लगातार दुई बालबालिकालक्षित नाटक देखाइनेछ ।” 

Global Ime bank

उत्सवका लागि तय भएको नाटकतालिका अनुसार दोस्रो साताको पहिलो दिन शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति ‘उपियाँको निबन्ध’ को भिडियो देखाइनेछ । त्यसैगरी शनिबार कथाघेरा, कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’को भिडियो प्रस्तुत हुनेछ । 

साथै आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाइने छ भने सोमबार आरोहण, गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’ कोभिडियो लाइभ स्ट्रिमिङ गरिनेछ । युजिन ओनिलको लेखन रहेको यस नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् ।

अझै नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको फेस्टिभलका प्रस्तुति संयोजकले बताए । उनका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले यसै साता प्रदर्शन गरिने सूचीमा परेका छन् । त्यसैगरी उत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शनको सूचीमा छन् ।

यससँगै नेपालका सबैजसो सक्रिय नाट्यसमूहको सहभागिता उत्सवमा देखिएको छ । विमल सुवेदी, लुनिभा तुलाधर, बिजय बराल, नाजिर हुसेन, रामहरि ढकाल, मनिष निरौला, भोलाराज सापकोटा, सरिता गिरी, पशुपति राई, लक्ष्मी बर्देबा, जीवन भट्टराई, सबिर चुरौटेलगायतका कलाकारले भिडियो सन्देशमार्फत उत्सव सफलताको कामना गर्दै यसमा सहभागी भई क्वारेन्टाइन अभियानलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । 

कोरोनाको संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि बढाएको घोषणा गरेको हो । संक्रमणबाट बच्ने एकमात्र उपाय क्वारेन्टाइनलाई प्रोत्साहन र साथदिन थिएटर मल–कीर्तिपुर रगंमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रगंमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको थियो ।  यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा हेर्न सकिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC