site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा ४३७ कोरोना संक्रमित थपिए, मृत्यु हुने ५० पुगे 
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिएका छन् । मार्च ३१ मध्यरातिदेखि अप्रिल १ मध्यरातिसम्म ४३७ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ भने जम्मा कोरोना संक्रमित १९ सय ६५ पुगेका छन् । त्यसैगरी एसियाकै सबभन्दा ठूलो स्लम क्षेत्रमा पनि कोरोना संक्रमित पुष्टि भएको छ । 

Agni Group

पछिल्लो सयमा भारतमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ । १५ दिनमा भारतमा कोरोनाको संक्रमितको संख्या एक सयबाट बढेर १९ सय ६५ पुगेको हो । 

भारतमा  दुई महिनाअघि एकजनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो । भारतमा जनवरी ३० मा पहिलो संक्रमण देखिएको हो । त्यसको एक महिनापछि मार्च १ मा तीन जनामा संक्रमण देखिएको थियो । सात दिनपछि मार्च ८ मा कोरोना संक्रमितको संख्या ३४ पुगेको थियो । 

Global Ime bank

मार्च १६ मा १०७ कोरोना संक्रमित भेटिएका थिए भने मार्च २३ मा ४८० मा कोरोना भएको पुष्टि गरिएको थियो । त्यसैगरी अप्रित १ मध्यरातिम्म भारतमा कोरोना संक्रमिको संख्या एक हजार ६१८ पुगेको थियो ।

अहिलेसम्म सबैभन्दा बढी महराष्ट्रमा ३३५ जनामा कोरोना देखिएको छ भने केरलामा २६५ जना, तमिलनाडुमा २३४ र दिल्लीमा १५२ जनामा कोरोाना संक्रमण भएको छ । - डीएनए इन्डिया 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC