site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजदेखि सुर्खेतमा पनि कोरोना भाइरस परीक्षण
Sarbottam CementSarbottam Cement

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण सुरु भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशंकित बिरामीको नमुना संकलन गरी यहाँबाटै परीक्षण गरिने बताए । “मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौँ, आजदेखि थ्रोट स्वाबको परीक्षण सुरु हुँदै छ”, उनले भने, “प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि कोभिड–१९ को परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ । विशेषज्ञ डा. श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनेछन् । उनले एक दिनमा १० जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमुनाको नतिजा बाहिर आउने बताए । 

यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ । यसअघि कोरोना परीक्षणका लागि नमुना संकलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । सुर्खेतमै कोरोनाको परीक्षण हुने भएपछि रिर्पोट छिटो आउने अपेक्षा गरिएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC