site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दोस्रो चरणको कोरोना त्रासका कारण चीनमा फेरि लकडाउन घोषणा
Sarbottam CementSarbottam Cement

बेइजिङ । दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्‍नसक्‍ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो । 

उक्त प्रान्तको जिया क्षेत्रमा कर्फ्युजस्तै गरी लकडाउन घोषणा गरिएको हो । मानिसलाई घरबाहिर निस्किन पूर्ण प्रतिबन्ध लगाइएको छ । ६ लाख मानिसको बसोबास भएको उक्त क्षेत्रमा कसैलाई घरबाहिर निस्किनै परे विशेष अनुमति लिनुपर्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई महिनाभन्दा बढी समयको निरन्तरको लकडाउनबाट कोरोना संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको चीनमा फेरि त्रास बढेको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबार ३६ नयाँ संक्रमित फेला परेका छन् । 

चिनियाँ नेताहरु आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्नेतर्फ जोड दिन खोजिरहेका थिए तर संक्रमण नियन्त्रणलाई पनि सँगै लग्‍नुपर्ने चुनौती थपिएको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङले मानव जीवनलाई सामान्य रुपमा ल्याउँदा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै संक्रमण फैलिने कुनै कसर बाँकी नराखेर लकडाउनलगायतका प्रतिबन्धहरु हटाउनसमेत अधिकारीहरुलाई चेतावनी दिएका छन् । 

Global Ime bank

चीनमा हालसम्म कोरोना संक्रमणबाट करिब ८२ हजार संक्रमित भएका थिए भने ३३ सयको मृत्यु भएको छ । 

जीया क्षेत्रका लागि जारी गरिएको सूचना भनिएको छ, "अत्यावश्यक काममा बाहिर निस्किनु परे विशेष अनुमति लिनुपर्ने, उक्त अनुमतिसहित बाहिर जाँदा तापक्रम मापन गरिने र अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ ।" अत्यावश्यक औषधि र खाद्यान्हबाहेक सम्पूर्ण व्यापार व्यवसायहरु बन्द गरिएका छन् । - साउथ चाइना मर्निङ पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC