site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वरिष्ठ एचआईभी वैज्ञानिकको कोरोनाकै कारण मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दक्षिण अफ्रिकाकी वरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा उनको मंगलबार मृत्यु भएको बताइएको छ । 

औरुम इन्स्टिच्युटमा प्रमुख वैज्ञानिकका रुपमा कार्यरत प्रोफेसर रामजी मार्च मध्यतिर बेलायतबाट दक्षिण अफ्रिका फर्किएपछि बिरामी भएकी थिइन् । "उनले आफ्नो जीवनको लामो समय एचआईभी रोकथामका लागि समर्पण गरेकी थिइन्," उनका साथी गाभिन चुर्चीयार्डले बीबीसीसँग भने । 

त्यसैगरी युएनएडका प्रमुख विनी ब्यानीमाले संसारलाई प्रोफेसर रामजीजस्तै मानिस खोजिरहेका बेला भएको उनको निधनले विश्वलाई ठूलो क्षति भएको बताइन् । ठूलो संख्यामा एचआईभी संक्रमित भएको दक्षिण अफ्रिका अहिले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता लामो लकडाउनमा छ । - बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC