site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लकडाउन उल्लंघन गर्नेलाई गोली हान्‍न फिलिपिन्सका राष्ट्रपतिको आदेश
Sarbottam CementSarbottam Cement

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्‍न आदेश दिएका छन् । राष्ट्रपति डुट्रेटले लुजोनको टापुमा लागु गरिएको एकमहिने लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्‍न प्रहरी र सेनालाई आदेश दिएका छन् ।

"मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई  गोली ठोक्नुहोस्," उनले टेलिभिजन सम्बोधनमा आदेश दिए । सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुट्रेटले यस्तो आदेश जारी गरेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

स्यान्टिटाउनका बासिन्दाले दुई साता अघिदेखि लागु गरिएको लकडाउनका कारण खाद्यसहितका राहत सामग्री नपाएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्‍न आग्रह गरेका छन् । 

यसअघि स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढेपछि सरकारले उनीहरुलाई सुरक्षा प्रदान गरिने प्रतिबद्धता जनाएको थियो । -अलजजिरा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC