site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के गर्मी लागेसँगै कोरोना कम हुन्छ ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण अहिले विश्वभरका २०२ भन्दा बढी मुलुकमा फैलिएर करिब ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाभाइरसको उपचार पद्धतीको खोजीमा विश्वभरका वैज्ञानिकहरु जुटिरहेका छन् । 

कोभिड-१९ विरुद्धको खोप विकासमा विभिन्‍न ट्रायलहरु भइरहे पनि सफलता भने मिलिसकेको छैन । यसको नियन्त्रणको प्रयासस्वरुप विश्वका अधिकांश मुलुक अहिले घेराबन्दीमा छन् । 

Agni Group

सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणको अन्त्य कहिले हुन्छ भन्‍ने प्रश्‍नको जवाफ खोजिरहेका छन् । अन्य विभिन्‍न भाइरल फ्लुहरु गर्मीसँगै कम हुँदै जाने  र चिसोमा संक्रमण बढ्ने भएकोले यो भाइरसको संक्रमण पनि गर्मीमा कम हुन्छ भन्‍ने विभिन्‍न तर्क गरिएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत गर्मी लागेसँगै कोरोना आश्‍चार्यजनक तरिकाले संक्रमण हराएर जाने बताएका थिए । तर, अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्व निर्देशक डा. टोम फ्राइडेनले भने, "गर्मी सुरु भएसँगै संक्रमण घट्‍ने अथवा हराउनका लागि यो भाइरस मौसमजस्तो होइन ।"

Global Ime bank

"हामीले मौसम परिवर्तन भएसँगै संक्रमण अन्त्य हुने अपेक्षा गरेका छैनौं ।" यदि अमेरिकाले सजगताका साथ राम्रो कामहरु र सकारात्मक बाटोमा अघि बढ्दै गएपछि विस्तारै खुल्दै जाने उनले बताए ।

"विश्वभरका अन्य मुलुकहरुलाई हेर्नुस् । उनीहरुले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका छन्  र सामान्य अवस्थामा फर्किएका छन् तर, पूर्ण निर्मुल भने सकेको छैन," उनले भने, "यसको अर्थ ६० वर्षभन्दा माथि उमेरका मानिसहरु र स्वास्थ्य समस्या व्यक्तिहरु घरबाहिर निस्किनु हुँदैन । पूर्व सावधानीका सबै नियमहरु पालना गर्नुपर्छ ।" 

चीनको वुहानमा कोरोना सुरु हुँदा त्यहाँ करिब ७ डिग्री तापक्रम थियो भने अहिले कतार र दक्षिण अफ्रिकी मुलुकहरुमा ३० डिग्रीभन्दा माथि तापक्रम हुँदा पनि कोरोना संक्रमण फैलिरहेको छ । त्यसकारण गर्मीमा कोरोना हुँदैन भन्‍ने मान्यतालाई सत्य मान्‍न सकिने आधार छैनन् । 

अहिले चीन, दक्षिण कोरिया र सिंगापुरमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ छ भने एसियाली अन्य मुलुकमा भने बढ्दो अवस्थामा छ । चीनले अहिले लक्षण नदेखिएका संक्रमितहरुको खोजी गरिरहेको छ । दक्षिण कोरियाले पनि बृहत परीक्षण र उच्चतम प्रविधिको प्रयोगमार्फ कोरोना नियन्त्रणको पहल गरेको हो । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC