site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेट्रोल पम्पमा काम गर्ने मजदुरलाई सुरक्षा सामग्री हस्तान्तरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । पेट्रोलिम मजदुरहरूको संगठन अखिल नेपाल पेट्रोलियम मजदुर संघले पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरूका सुरक्षाका लागि सुरक्षा सामग्री प्रदान गरेको छ । संघको केन्द्रीय समितिले नेपाल आयल निगमको सहयोगमा मास्क, स्यानिटाइजर तथा ग्लोभ्सलगायत सामग्री बाँडेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बुधबार एक कार्यक्रमका बीच संघका केन्द्रीय पदाधिकारी टिमलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

Agni Group

ती सामग्री संघ अध्यक्ष शिव पोख्रेलले राजधानीका तिनै जिल्लाका कमिटीलाई हस्तान्तरण गरे । पोखरेलले भक्तपुर जिल्लामा कार्यरत मजदुरलाई १३ सय थान ग्लोभ्स, १३ थान स्यानिटाइजर र ३ सय ५० थान माक्स हस्तान्तरण गरे । यसैगरी ललितपुरमा कार्यरत मजदुरका लागि १७ सय थान ग्लोभ्स, १७ थान स्यानिटाइजर र ५ सय थान उपलब्ध गराइयो ।

यसैगरी काठमाडौंमा कार्यरत पेट्रोलियम मजदुरलाई कुल ६ हजार वटा ग्लोभ्स, ६० वटा स्यानिटाइजर र २ हजार थान माक्स वितरण गरिएको छ ।
संघका अध्यक्ष पोख्रेलले प्रज्ज्वलनशील क्षेत्रमा काम गर्ने मजदुर कोरोना भाइरसको जोखिमका रहेका कारण सुरक्षामा सामग्री पु¥याउने पहल गरिएको र त्यसमा निगमले साथ दिएको बताए । उनले प्रत्येक पेट्रोल पम्पमा काम गर्ने मजदुरलाई उपलब्ध गराइने उनको दाबी छ ।

Global Ime bank

उनले भने, “अत्यावश्यक क्षेत्रमा काम गर्ने मजदुरले सुरक्षा सामग्री नपाएको कुरालाई मध्यनजर गर्दै सहयोग गरेका हौं ।”

यसैगरी संघले गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिसनको सहकार्यमा पेट्रोलियम क्षेत्रमा काम गर्ने मजदुरको सुरक्षाका निमित्त सुरक्षासम्बन्धी सामग्री वितरण गर्न सुरु गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC