site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नै देश आउन पाउने नागरिकको अधिकार नखोसियाेस् : नायिका थापा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नायिका रेखा थापाले सीमामा आएर स्वदेश प्रवेशको माग गरिरहेका नेपाली नागरिको अधिकार नछिन्न आग्रह गरेकी छिन् । 

आर्थिक वाद्यताका कारण विदेशिएका नेपाली कोरोनाको त्रासका कारण नेपाल भारतको सीमामा आएर रोकिएको प्रसंग उल्लेख गर्दै नायिका थापाले घर फर्किने उनीहरुको माग संबोधन गर्न आग्रह गरेकी छिन् । 

Agni Group

“आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेशिन वाध्य लाखौं नेपाली खास गरी नेपाल भारतको सीमामा आएर आफ्नो देश छिर्न पाउँ भन्ने प्यारा दाजुभाइ तथा दिदीबहिनीको रोदनले मुटु छोएको छ,” उनी आफ्नो फेसबुक पेजमा लेख्छिन्, “पेज आफ्नो देश प्रवेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र संरक्षकको अभाव कति पीडादायी होला । यताको पनि उस्तै प्राविधिक वाध्यता होला । तर आएर क्वारेन्टाइन बस्छौं, जहाँ बसाल्यो त्यही बस्न तयार छौं भन्दा पनि आउन नदिनु भनेको व्यवस्थापनको समस्या हो ।”

विदेशी नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुनिरहेका बेला युरोप, अष्ट्रेलिया, अमेरिका तथा खाडी राष्ट्रमा रहेका नेपाली सुरक्षित रहनुहोला भन्ने कामनाबाहेक केही भन्न नसकिने भन्दै दुःख व्यक्त गरेकी छिन् । 

Global Ime bank

“खिन्न लाग्छ होला, तर यहाँ हालत यस्तै छ । कसलाई गुनासो गर्नु, गरेर हुन्छ नै के ? कम्तिमा भारतको सयौं किलोमिटर भोकै नाङै हिँडेर सीमा पुगेकालाई वारी ल्याएर सेना प्रहरीकै क्याम्पमा राखेर दालभात दिँदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला भन्ने लाग्छ,” नायिका थापा अगाडि लेख्छिन्, “सकिन्छ भने बेसाहारा बन्न नदिने व्यवस्था गरौं । परेको बेला देशले अपनाएन भने, नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन । श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन ।”

भारतमा मजदुरी गर्न गएका सयौं नागरिक लकडाउनका कारण काम नपाएपछि स्वदेश फर्किए पनि सरकारले सीमा नाका बन्द गरेका कारण सीमा क्षेत्रमै अलपत्र परेका छन् । एक हप्ता देखि सीमामा नागरिक भोकैप्यासै बसिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC