site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहिद नेत्रलाल अभागी स्मृति भवनमा क्वारेन्टाइन
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना संक्रमित बिरामीका लागि क्वारेन्टाइन राख्ने विषयमा विवाद भएपछि लमही नगरपालिकाले लमहीको रातोडाँडामा रहेको सहिद नेत्रलाल अभागी स्मृति भवनलाई प्रयोगमा ल्याएको छ ।

नगरपालिकाले क्वारेन्टाइनका लागि देउखुरी बहुमुखी क्याम्पस र बाल जनता माध्यमिक विद्यालय बनगाउँलाई निर्णय गरेको थियो तर गाउँको बीचमा राखेर पूरै गाउँलाई त्रसित पार्न खोजेको भन्दै वडा नम्बर ३ का स्थानीयले विरोध गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानको तीन तला भवन कोरोना संक्रमित बिरामीका लागि योग्य भएकाले प्रतिष्ठानसँग कुरा गरेर क्वारेन्टाइनका लागि सहमति लिइएको नगरप्रमुख कुलबहादुर केसीले बताए । क्वारेन्टाइनमा राखिने व्यक्तिहरुका लागि डाक्टर र सुरक्षाकर्मीले पनि पहरा दिने व्यवस्था मिलाइने केसीले बताए ।

क्वारेन्टाइनमा बस्दा उनीहरुलाई कुनै मानसिक तनाब नहोस् भनेर फ्रि वाइफाइको सेवा पनि प्रदान गरिने भएको छ । क्वारेन्टाइनमा बस्दा कसैले पनि कुनै अप्रिय घटना न घटाउन भनेर चौबिसै घण्टा निगरानीमा राखिनेछ ।

Global Ime bank

क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिकलाई राख्ने, केही लक्षण देखिए अस्पताल पठाउने नगरप्रमुख केसीले बताए । हाललाई तीस जनाको लागि बेड तयार गरिएको छ । लमही नगरपालिकामा स्थापना गरेको कोरोना राहत कोषमा जम्मा भएको रकमबाट ती व्यक्तिहरुको खानपानमा खर्च गरिनेछ । यस क्वारेन्टाइनमा जेष्ठ नागरिकलाई तल्लो तलामा राखिने भएको छ । त्यस्तै महिला बालबालिका र पुरुषलाई अलग अलग राखिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC