site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकालाई चीनको जवाफ : चीनले तुलना गर्ने मनसायले सहयोग गरेको होइन 
Sarbottam CementSarbottam Cement

बेइजिङ । नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को महामारी फैलिसँगै चीनले विभिन्‍न मुलुकलाई गरेको मेडिकल सामग्रीहरु सहयोगको विषय अन्य मुलुकसँग तुलना गर्ने कुनै अभिप्राय नभएको स्पष्ट पारेको छ । 

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गरेको सहयोग चीनभन्दा १० गुणा बढी भएको बताएका थिए । त्यसको प्रतिक्रिया स्वरुप चिनियाँ विदेश मन्त्रालयले आफ्नो मुलुकले कसैसँग तुलना गर्ने अभिप्रायले सहयोग नगरेको स्पष्ट पारेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयिङले भनिन्, "विश्‍वकै ठूलो अर्थतन्त्र र बृहत शक्तिसहितको विकसित मुलुक भएको हैसियतले अमेरिकाले गर्ने बढी सहयोगलाई स्वागत गर्दछौं र ठूलो सहयोग गर्नु उत्तम हो ।" 

"विश्वकै विकसित मुलुक भएको हिसाबमा अमेरिकाले सहयोग गर्नु उसको जिम्मेवारी र बाध्यता हो," उनले थपिन्, "विकसित मुलुकहरुले विकाशील मुलुकलाई सहयोग गर्नुपर्छ ।" 

Global Ime bank

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले मंगलबार भनेका थिए, "सन् १९४९ देखि अमेरिका विश्व स्वास्थ्य संगठनमा योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो । गत वर्ष हामीले ४० करोड अमेरिकी डलर सहयोग गरेका थियौं, जुन चीनभन्दा १० गुणा ठूलो हो ।" 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनिन्, "अमेरिकी अन्तर्राष्ट्रिय सहयोग सन् १९४८ बाट सुरु भएको बताएका छन् । म अचम्‍ममा परेको छु कि उनले किन १९४८ बाट गणना गर्दैछन् । यो निकै रुचिकर छ ।" 

चीनले आफू कोरोनासँग लडिरहेका बेलासमेत अन्य मुलुकलाई पनि कोभिड-१९ विरुद्ध लड्न सहयोग उपलब्ध गराइरहेको बताएको छ । "हामी सकेको जति उत्कृष्ट सहयोग गरिरहेका छौं । कुनै पनि मुलुकसँग तुलना गर्ने मनसायले हामीले सहयोग गरेका होइनौं,"  उनले भनिन् । - ग्लोबल टाइम्स 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC